५ ‘स’ के हो र किन ?

- २३ भदाै २०७३

० रामचन्द्र भट्टराई

सदस्य, केन्द्रीय सल्लाहकार परिषद्
नयाँ शक्ति पार्टी, नेपाल

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा जेठ ३० गते घोषणा भएको नयाँ शक्ति पार्टी, नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा ५ ‘स’ लाई सैद्धान्तिक आधार बनाएसँगै यो ५ ‘स’ के हो र किन भन्ने प्रश्नबारे आम जिज्ञासा छ । एउटा युगको अन्त्य भएर नयाँ युगको शुभारम्भ भएको नेपालको वर्तमान परिप्रेक्ष्यमा स्वाधीन, समृद्ध, समावेशी नयाँ नेपाल निर्माण गर्न, समानुपातिक सहभागितामूलक लोकतन्त्र स्थापित गर्न, समुन्नत समाजवादको आधार तयार गर्न र त्यसका लागि पारदर्शिता–सदाचार–सुशासनयुक्त संस्कृति निर्माण गर्न नयाँ शक्तिको आवश्यकता छ । र, यी उद्देश्यहरु पूरा गर्ने आधार नै ५ ‘स’ हो ।

नयाँ शक्तिका अभियन्ताहरुले माक्र्सवाद छाडे, कम्युनिष्ट विचार नै परित्याग गरे भनेर जुन होहल्ला गरिँदैछ, त्यो माक्र्सवादको गायत्री मन्त्र जपेर गैह्रमाक्र्सवादी क्रियाकलाप गर्नेहरुको दृष्टिभ्रम मात्र हो । माक्र्सवादको सारतत्व अर्थात् गुदी कुरा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । त्यो समाजलाई वस्तुसंगत ढंगले बुझ्ने विज्ञान हो । तर, विभिन्न देशहरुमा जसरी त्यसको प्रयोग भयो त्यसले व्यक्तिको निजत्वलाई निषेध गर्दा र सामूहिकतालाई मात्रै महत्व दिँदा लगभग सय वर्ष कम्युनिष्ट आन्दोलनको बन्ध्याकरण भयो । अनि पूँजीवादी प्रतिस्पर्धामा पछाडि पर्न गयो । २१ औं शताब्दीमा द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादमा टेकेर नेपालको प्रकृति सुहाउँदो आफ्नै मौलिकतामा माक्र्सवादको विकास गर्नुपर्दछ । जडसूत्रवादले माक्र्सवादको रक्षा गर्दैन । त्यसको सिर्जनात्मक विकास गरेर मात्रै रक्षा हुनसक्छ । मकैको दाना रोपिन्छ, त्यसबाट अंकुर पैदा हुन्छ र हुर्केर ठूलो बोट बन्छ । त्यसमा धेरै मकैका दानाहरु फल्छन् । यो प्रक्रियामा मकैको दाना नष्ट हुन्छ तर त्यसको विकसित रुप बोट बन्छ र धेरै दाना फल्छन् । प्रकृति विज्ञानको यो नियम दार्शनिक विज्ञान, राजनीतिक विज्ञान र सामाजिक विज्ञानमा पनि लागू हुन्छ । त्यसैले नयाँ शक्तिका अभियन्ताहरुले माक्र्सवादलाई छाडेको किमार्थ होइन, त्यसको सिर्जनात्मक विकास गर्न खोजेको हो ।

मकैको दाना रोपिन्छ, त्यसबाट अंकुर पैदा हुन्छ र हुर्केर ठूलो बोट बन्छ । त्यसमा धेरै मकैका दानाहरु फल्छन् । यो प्रक्रियामा मकैको दाना नष्ट हुन्छ तर त्यसको विकसित रुप बोट बन्छ र धेरै दाना फल्छन् । प्रकृति विज्ञानको यो नियम दार्शनिक विज्ञान, राजनीतिक विज्ञान र सामाजिक विज्ञानमा पनि लागू हुन्छ । त्यसैले नयाँ शक्तिका अभियन्ताहरुले माक्र्सवादलाई छाडेको किमार्थ होइन, त्यसको सिर्जनात्मक विकास गर्न खोजेको हो ।

नयाँ शक्तिले अवलम्बन गरेको ५ ‘स’ त्यसको जगमा खडा भएको विचार हो । ५ ‘स’ माक्र्सवाद भन्दा भिन्न छैन । बरु त्यो नेपालको विशेषता र विशिष्टतामा आएको मौलिक दृष्टिकोण हो । माक्र्सवादको मूल मान्यता समतामूलक समृद्धि हो । स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता, समानुपातिक–समावेशी–सहभागितामूलक लोकतन्त्र हो । यी सबैको लक्ष्य शान्ति र समतामूलक समृद्धि हो । सामाजिक न्याय र समुन्नत समाजवाद हो । र, अन्तिम गन्तब्य साम्यवाद हो । यी सबै हासिल गर्ने सदाचार, सुशासन र सुसंस्कृति हो ।

आजसम्म के हुँदै आयो भने खास गरेर स्टालिनको शासनकालदेखि माक्र्सवादको नाममा मनोगतवाद, एकमनावाद र नोकरशाही केन्द्रीयवाद हावी भयो । माक्र्सवादको नाममा प्रयोग गरिने लोकतन्त्र, जनतन्त्र, जनवाद या समाजवाद हात्तीका देखाउने दाँत मात्र भए । पार्टीभित्र र बाहिर अधिनायकवाद लाद्ने काम भयो । विपरित तत्वहरुको एकत्व अर्थात् एकता, संघर्ष र रुपान्तरण नभई निषेधको नाममा फरक विचारलाई प्रकट हुनै नदिने र त्यसलाई सफाया नै गर्ने तानाशाही व्यवहार व्याप्त हुँदै गयो । जसको परिणामस्वरुप कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्यो ।

यसैकारण ५ ‘स’मा समानुपातिक, समावेशी, सहभातिामूलक लोकतन्त्र भनिएको छ । बाहिर राष्ट्रवादको विषयमा बढी नाचगान गर्ने र भित्र विदेशी शक्तिका अगाडि लम्पसार पर्ने जुन प्रवृत्ति छ, त्यसका विरुद्ध ५ ‘स’ले स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति सदैव प्रतिबद्ध रहने कुरा गरेको छ । लोकतन्त्रको नाममा दलतन्त्र, त्यसको नाममा गुटतन्त्र, त्यसको नाममा व्यक्तितन्त्र, र त्यसको नाममा नेतातन्त्र चलाउने जुन परम्परा छ, त्यसमा क्रमभंग गर्दै ५ ‘स’ ले समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्रप्रति प्रतिबद्ध रहने अठोट गरेको छ । माक्र्सवादले चाहेको सामाजिक न्याय र शान्ति हो । त्यसका लागि समाजवाद हो । र समतामूलक समृद्धि हो । यी सबै माक्र्सवादका गुदी कुरा ५ ‘स’ भित्र छन् । यसर्थ, नयाँ शक्तिका अभियन्ताहरुको मूल मन्त्र ५ ‘स’ हो । त्यसैले भन्नैपर्छ – नयाँ शक्तिका अभियन्ताहरुले माक्र्सवाद परित्याग गरे भन्नु दृष्टिभ्रम मात्र हो ।

लोकतन्त्रको नाममा दलतन्त्र, त्यसको नाममा गुटतन्त्र, त्यसको नाममा व्यक्तितन्त्र, र त्यसको नाममा नेतातन्त्र चलाउने जुन परम्परा छ, त्यसमा क्रमभंग गर्दै ५ ‘स’ ले समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्रप्रति प्रतिबद्ध रहने अठोट गरेको छ । माक्र्सवादले चाहेको सामाजिक न्याय र शान्ति हो । त्यसका लागि समाजवाद हो । र समतामूलक समृद्धि हो । यी सबै माक्र्सवादका गुदी कुरा ५ ‘स’ भित्र छन् । यसर्थ, नयाँ शक्तिका अभियन्ताहरुको मूल मन्त्र ५ ‘स’ हो । त्यसैले भन्नैपर्छ – नयाँ शक्तिका अभियन्ताहरुले माक्र्सवाद परित्याग गरे भन्नु दृष्टिभ्रम मात्र हो ।

सात सालको क्रान्तिमा नेपाली कांग्रेस नयाँ शक्तिको रुपमा उदय भएको थियो । र, त्यसको नेतृत्व गरेको थियो । २०१७ सालको प्रतिगमनपछि २०४६ सालमा वामपन्थी शक्ति नयाँ शक्तिको रुपमा उदय भयो र त्यसको विशेष पहलमा काँग्रेस सहितको संयुक्त आन्दोलनले निर्दलीय पञ्चायती निरंकुशतन्त्रलाई ढालेर बहुदलीय प्रजातन्त्रको पुन:स्थापना गरेको थियो । तर, त्यो मात्रात्मक परिवर्तन थियो, गुणात्मक थिएन । रुपमा थियो, सारमा थिएन । शासन प्रणालीमा थियो, राज्ययन्त्रमा थिएन । त्यसका विरुद्ध २०५२ सालदेखि माओवादी नयाँ शक्ति बनेर आयो र त्यसले एकात्मक र केन्द्रिकृत सामन्ती राजतन्त्रका जरा काट्ने काम गर्‍यो । त्यसको जगमा २०६२/६३ मा संयुक्त जनक्रान्ति भयो र त्यसले राजतन्त्र ढालेर गणतन्त्र ल्यायो । त्यसपछि मधेश आन्दोलन, आदिवासी जनजाति, महिला, मुस्लिम आदिका आन्दोलनहरु भए र यी सबैको योगफलस्वरुप अहिले नेपालमा केही कमीकमजोरीका बाबजुद संघीय लोकतान्त्रिक गणतन्त्र संविधानत: संस्थागत भएको छ ।

केही सामन्ती अवशेषसहितको, परनिर्भर अथतन्त्रसहितको दलाल नोकरशाही पूँजीवादी जनवादी क्रान्ति केही नयाँ तरिकाले र केही पुरानै तरिकाले सम्पन्न भएको छ । र, समाजवादी क्रान्तिको आधार तयार भएको छ ।

यस युगान्तकारी परिवर्तनका लागि वि.सं. १९९७ सालदेखि २०७२ सालसम्म जसजसले योगदान गरे, ती सबै इतिहासमा स्वर्ण अक्षरले लेखिनेछन् । एउटा युगको अन्त्य भएको छ र नयाँ युगको शुभारम्भ भएको छ । अब नयाँ युगको नेतृत्व गर्न नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ सांगठनिक ढाँचा र नयाँ आचार, सुशासन र सुसंस्कृति अवलम्बन गर्ने नयाँ शक्ति र नयाँ नेताको खाँचो छ । पुरानै नयाँमा रुपान्तरित भएर नेतृत्व गर्न सक्ने छाँट देखिएन । त्यसैले नयाँ शक्तिको उदय भइसकेको छ र हाललाई त्यसको मुख्य सूत्र ५ ‘स’ नै हो । यसले विगतलाई स्वागत र आगतलाई अंकमाल गर्दै अगाडि बढ्ने अठोट गरेको छ ।

०००