यस्तो छ नयाँ शक्तिको चुनावी रणनीति

२३ चैत, २०७३

काठमाडौं – नयाँ शक्ति पार्टीले आउने स्थानीय तह निर्वाचनमा जाने तयारीसहितको रणनीतिक कार्ययोजना तयार गरेको छ । नयाँ शक्तिको गत चैत १५ र १६ गते काठमाडौंमा सम्पन्न संघीय परिषद्को दोस्रो पूणै बैठकले सो रणनीतिलाई अन्तिम रुप दिएको हो ।

नयाँ शक्तिले स्थापनादेखि नै अघि सारेको ५ स केन्द्रीत पार्टीको कार्यदिशा अनुरुपको चुनावकेन्द्रीत रणनीतिक योजना तयार गरेको हो । पार्टीले समतामूलक समृद्धि, समानुपातिक र सहभागितामूलक लोकतन्त्र, स्वाधिनता, सुशासन र समुन्नत समाजवादलाई राजनीतिक ध्येय बनाएको पूर्ण बैठकबाट पारित प्रतिवेदनमा उल्लेख छ ।

नयाँ शक्तिले आसन्न निर्वाचनलाई पार्टी निर्माणको महत्वपूर्ण अवसरको रुपमा ग्रहण गरेको छ । ‘हाम्रो पार्टीका लागि निर्वाचनको निकै ठूलो महत्व छ । निर्वाचनले हामीलाई पार्टी निर्माणको महत्वपूर्ण आधार दिनेछ । निर्वाचनकै माध्यमबाट हाम्रा सम्पूर्ण अभियन्ताहरु पार्टी निर्माणको महाअभियानमा अझ प्रभावकारी रुपमा सहभागी हुनेछन् । सम्पूर्ण अभियन्ताहरुको व्यापक सहभागिता र पहलले वडा तहसम्म हाम्रो पार्टी संगठन बिस्तार हुनेछ । अतः निर्वाचन पार्टी विस्तारको आधार हो ।’ नयाँ शक्तिको निर्वाचन रणनीतिमा उल्लेख गरिएको छ ।

त्यसैगरी निर्वाचनका माध्यमबाटै जनता र पार्टीका अभियन्ताबीच अझै सघन सम्वाद र सूचना आदान प्रदान हुने उल्लेख गर्दै निर्वाचनका माध्यमबाट आफ्नो विचार, मुद्दा, आर्थिक समृद्धिको पार्टीको ढा“चा, सुशासन र सदाचारको अभियान, राष्ट्रिय एकता र समावेशीकरणको पार्टीको प्रस्तावलाई जनतासमक्ष लैजान सहज हुने प्रतिवेदनमा उल्लेख छ ।

नयाँ शक्तिले आगामी निर्वाचनलाई संघर्ष र सहभागिताको मोर्चाको रुपमा अथ्र्याउँदै चुनावमा सबै असन्तुष्ट पक्षहरुको सहभागिता सुनिश्चित गरी चुनाव गर्नुपर्नेमा जोड दिएको छ । ‘स्थानीय निर्वाचनको घोषणास“गै बिशेषगरी तराई मधेशमा असन्तुष्टिको आगो दन्कन थालेको छ । बेलैमा आगो ननिभाउने हो भने तराई मधेशमा सल्किएको आगो डढेलो बनेर देशैभरि दन्कने खतरा बढिरहेको छ ।’ नयाँ शक्तिको राजनीतिक प्रतिवेदनमा उल्लेख छ – ‘यो राष्ट्रिय एकता र लोकतन्त्रकै लागि ठूलो संकट हो । हामीले यस्ता संकटहरुको समाधान दिनुपर्छ ।’

लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन निर्विकल्प भएकोले नयाँ शक्तिले स्वतन्त्र, निष्पक्ष, धा“धलीरहित र सबैलाई सहभागी गराउने निर्वाचन चाहेको उल्लेख गरेको छ । त्यही निष्पक्ष र धाँधलिरहित चुनावको लागि ७ ब“ुदे शर्तहरु सहित निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको नयाँ शक्तिले जनाएको छ ।

त्यसैगरी नयाँ शक्तिले स्थानीय तह निर्वाचन सम्बन्धी कानूनमा वर्तमान व्यवस्थापिका संसद बाहिर रहेका दललाई दलगत पहिचानसहित निर्वाचन चिन्ह नदिने व्यवस्थालाई षड्यन्त्रपूर्ण गरिएको व्यवस्था भन्दै त्यसको विरोध गरेको छ । ‘त्यस्तो निर्दलीय प्रकृतिको अलोकतान्त्रिक र संविधान विपरितको कानूनमा हामीले तुरुन्त संशोधनको माग गरेका छौं ।’ नयाँ शक्तिले आफ्नो राजनीतिक दस्तावेजमा उल्लेख गरेको छ ।


आफूले अघि सारेका चुनावी शर्तहरुको पक्षमा जनपरिचालन गर्दै उचित वातावरण बनाई निर्वाचनमा सहभागी हुनुलाई नयाँ शक्तिले मुख्य कार्यभार बनाउँदै निर्वाचनमा संघर्ष र सहभागिताको रणनीतिक योजना तयार गरेको पार्टीले जनाएको छ ।

नयाँ शक्तिले मुलुकको समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य निर्धारण गर्दै सन् २०२२ सम्ममा गरीबीको अन्त्य र वेरोजगारी न्यूनीकरण गर्ने, २०३० सम्म जनताको जीवनस्तरलाई मध्यम स्तरमा र २०४० सम्म उच्चतम् विकासको कोटीमा पु¥याउने र सन् २०५० सम्ममा देशलाई बिश्वका समृद्ध देशहरुको सूचीमा पु¥याउने लक्ष्य निर्धारण गरेको छ । त्यसैगरी मूल्य नियन्त्रण, रासन कार्ड र गरिबीको रेखामुनी रहेका जनताका लागि शिक्षा र स्वास्थको सुनिश्चिततालाई पनि नयाँ शक्तिले आफ्नो प्रतिबद्धताको रुपमा व्याख्या गरेको छ ।

अत्याधुनिक पूर्वाधार क्षेत्रको विकासलाई समृद्धिको आधार मान्दै नयाँ शक्तिले देशको तीव्र आर्थिक विकासकालागि सडक, रेल, केवुलकार, एयरपोर्ट, उर्जा, सञ्चार लगायतका पूर्वाधारहरुलाई अनिवार्य पूर्वशर्तको रुपमा व्याख्या गरेको छ । त्यसैगरी औद्योगिक क्रान्तिका लागि आदिवासी जनजाति तथा शिल्पी समुदायको सीपलाई व्यवस्थित गर्दै त्यसको आधुनिकीकरण र पहिचानलाई समेत सुनिश्चित गर्दै स्वदेशमै रोजगारी सृजना गरी पु“जी निर्माण गर्ने र सबैलाई आत्मनिर्भरता बनाएर घर–घरमा शान्तिको आधार स्थापित गर्ने योजना बनाएको छ ।

त्यसैगरी पर्यटन क्षेत्रको विकासलाई ग्रामीण विकासको आधार मान्दै राष्ट्रिय र स्थानीय स्तरमा एकीकृत पर्यटन विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिने जनाएको छ । देशका धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरु जस्तैः बराहक्षेत्र, लुम्बिनी, खप्तड, मनकामना, रिडी, जनकपुर, साथै मुस्लिम, बौद्ध, इसाई, जैन, किराँत लगायतका धर्मावलम्बीहरुका लागि आफ्नो धार्मिक आस्थाको केन्द्र विकास गर्न बिशेष नीति लिने नयाँ शक्तिले जनाएको छ ।

कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिने नीति नयाँ शक्तिले लिएको छ । कृषिमा आत्मनिर्भर हुने, धानको उत्पादन तीन गुणा गर्ने, बाली पकेट क्षेत्रहरु बनाउने, फलफूल, नगदे वाली, माछा, मासु र दूधको उत्पादन, मसला, जडिबुटी खेति गर्न चाहनेहरुलाई सरकारले सुरक्षा दिने र यसैमार्फत वार्षिक रोजगारी दरलाई दोब्बर गर्ने नीति नयाँ शक्तिले लिएको छ ।

युवाहरुलाई उचित रोजगारी, मनोरञ्जन र आरामको प्रबन्धमा जोड दिने नीति अनुरुप नियमित बाहेक थप ३० लाख युवाहरुलाई रोजगारी सृजना गर्ने लक्ष्य नयाँ शक्तिले लिएको छ । राष्ट्रिय एकता, सन्तुलित छिमेक सम्बन्ध र देशभक्तिबाट राष्ट्रियता र सार्वभौमिकता अझ समृद्ध गर्ने नयाँ शक्तिले जनाएको छ ।

मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम तथा अल्पसंख्यक समुदायभित्र पर्ने नेपाली जनताका लागि राज्यका सम्पूर्ण संयन्त्र, सेना, प्रहरी लगायत सुरक्षा अंग, सार्बजनिक सेवा क्षेत्रहरुमा समानुपातिक र समावेशी सहभागिताको नीति अवलम्बन गरिने छ । ‘सबैका लागि सामाजिक सुरक्षाः नया“ शक्तिको वाचा’ योजना अन्तर्गत सबैलाई गास, बास, कपास, शिक्षा, स्वास्थ, रोजगारी, सुरक्षा र आत्मसम्मानको पूर्ण प्रत्याभूति गर्ने नयाँ शक्तिले जनाएको छ ।

त्यसैगरी सबै नागरिकले राज्यलाई सेवा दिने र राज्यले हरेक नागरिकलाई सुरक्षा दिने अवधारणाको कार्यान्वयन गर्दै ज्येष्ठ नागरिक भत्ता, अपांगता भएकाहरुलाई दिइने सुविधा, एकल महिला भत्तामा अहिलेको तीनगुणा बृद्धि गर्ने नयाँ शक्तिको योजना रहेको छ ।

महिला हिंसाको अन्त्य गर्दै न्याय सेवालाई प्रभावकारी बनाउने फाष्ट ट्र्याक अदालतको व्यवस्था गर्ने नयाँ शक्तिको योजना छ । त्यसैगरी सरकारले ल्याएको संयुक्त धनीपुर्जाको नीतिलाई एकबर्ष भित्र लागू गरी ‘आधापुरुष, आधानारी जमीनमा हक बरावरी’लाई पूर्णतः कार्यान्वयन गर्ने नयाँ शक्तिले जनाएको छ ।

महिलाहरुलाई विशेष रोजगार कार्यक्रम सञ्चालन गरी महिलाहरुलाई रोजगारी र उत्पादनका क्षेत्रमा जान प्रोत्साहन गरिने नीतिमा उल्लेख छ । तेस्रो लिंगी समुदायका विरुद्ध हुने सबै खाले भेदभाव र हिंसालाई पूर्ण रुपले अन्त्य गरिने प्रतिबद्धता नयाँ शक्तिले आफ्नो प्रतिवेदनमा गरेको छ ।

‘दीगो विकास र पुनर्निमाणमा जोड, भूकम्प प्रतिरोधी देश बनाउने मोड’ लाई नयाँ शक्तिले पुनःनिर्माणको नारा बनाउँदै भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणलाई प्राथमिक एजेण्डा बनाएको छ । मुलुकको द्रुतत्तर विकासको लागि प्रस्तावित योजनाहरुलाई केन्द्रीयस्तर, प्रदेशस्तर र स्थानीयस्तर गरेर वर्गीकरण गर्दै विकास र समृद्धिको योजना पेश गरेको छ ।

पार्टीको आर्थिक व्यवस्थापनको सवालमा मितव्ययिता र आत्मनिर्भरतालाई मुख्य नीति र शैली बनाउने उद्घोष गरेको नयाँ शक्तिले नियमित पार्टी सञ्चालनका लागि लेवीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ निर्वाचनमा पुराना शक्तिहरुले जसरी फजुल खर्च, तडकभडक, किनबेच, भ्रष्टाचार आदिस“ग प्रतिस्पर्धा नगरी मितव्ययिता, स्वच्छता, पारदर्शिता, आत्मनिर्भरतामा जोड दिने नयाँ शक्तिले नीति लिएको छ ।

सहयोगीहरुबाट लिइने स्वेच्छिक सहयोगका अलवा पार्टीको झण्डा, लोगो, चुनाव चिन्हहरुलाई प्रयोग गरेर आकर्षक व्याज, सोभनियरहरु, कप, प्लेट बनाउने उत्पादनमुखी काम गर्दै अर्थ संकलन गर्ने नयाँ शक्तिको योजना रहेको छ ।

नयाँ शक्ति पार्टीले आधारभूत रुपमै समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्दै स्थानीय तह निर्वाचनमा उम्मेद्वार छान्ने जनाएको छ । उम्मेदवार छान्ने १० आधारहरुमा मूलतः स्थानीय तहको प्रचलित कानून, स्थानीय तहको अधिकार, कार्यक्षेत्र र योजना निर्माण प्रक्रियाबारे जानकारी भएको विकास निर्माणका सवाल र आफूले खेल्नुपर्ने भूमिकाबारे स्पष्ट जानकार रहेको, जनताका अभियानहरुसंग जोडिएको र जनताको विश्वास प्राप्त गर्ने व्यक्तिलाई उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी सदाचार र सुशासनमा प्रतिवद्ध पार्टीको विधान, नीति नियम, आचार संहिता र निर्णयहरु पालना गर्ने र निरन्तर पार्टी निर्माणमा रहेको अथवा प्रभावकारी सामाजिक छवि भएको सामाजिक अगुवा र उम्मेद्वार भई पार्टीको पक्षमा काम गर्न प्रतिवद्ध व्यक्ति समेतलाई उम्मेदवार बनाउने चुनावी रणनीतिमा उल्लेख छ ।

नयाँ शक्तिले उम्मेद्वार छनौट प्रक्रियालाई पनि पूर्ण लोकतान्त्रिक बनाउँदै सम्बन्धित समितिले उम्मेद्वारहरुको नामावली संकलन गरी, सम्भावित उम्मेद्वारहरुको नामावली निर्वाचन समितिका संयोजक मार्फत बैठकमा प्रस्तावित गरिनेछ । बैठकमा प्राप्त निवेदन र प्रस्तावित नामावलीहरुलाई तुलनात्मक परीक्षण गरी सबैभन्दा प्रभावकारी देखिएका तीनवटा नामहरुलाई स्थानीय समितिले निर्णयार्थ जिल्ला समितिमा पठाउनेछ ।

त्यसैगरी उपमहानगरपालिका र महानगरपालिकाको उम्मेद्वारको सम्बन्धमा सम्बन्धित इकाइबाट प्राप्त सिफारिशलाई जिल्ला समितिले प्रदेशमा पठाउनेछ । प्रदेशले निर्णय गरी अनुमोदनकालागि केन्द्रीय समितिमा पठाउनेछ । यस्ता नामहरुको अन्तिम निर्णय केन्द्रीय समिति वा राजनीतिक समितिको अनुमोदनपछि सम्बन्धित व्यक्ति पार्टीको आधिकारिक उम्मेद्वार बन्ने नयाँ शक्तिले पार्टीको चुनावी रणनीतिमा उल्लेख गरेको छ ।