चुनाव चिन्ह माग्दै विरोध सभा

२६ चैत, २०७३

काठमाडौं – नयाँ शक्ति पार्टीसहित दलीय चुनाव चिन्हबाट बञ्चित ६८ राजनीतिक दलहरुले काठमाडौंमा संयुक्त विरोध सभा गरेका छन् । शनिबार रत्नपार्कमा ती दलहरुले दलीय चुनाव चिन्ह माग गर्दै र्याली तथा विरोध सभा गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै नेताहरुले चुनावमा भाग लिनको लागि दलीय चुनाव चिन्ह पाउनुपर्ने आफ्नो संवैधानिक अधिकारलाई सरकारले कुण्ठीत गरेको र सरकारले तानाशाही व्यवहार प्रदर्शन गरेको आरोप लगाएका छन् ।

नेताहरुले सरकारले विधितव रुपमा निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरुलाई चुनाव चिन्हबाट बञ्चित गर्ने कानून ल्याएको भन्दै त्यस्तो कानूनले लोकतान्त्रिक व्यवस्था र त्यसको मूल्य मान्यताको धज्जी उडाएको भन्दै त्यस्तो विभेदकारी व्यवस्थाको खारेजी गरी सबै दलहरुलाई चुनावमा सहभागी हुने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

विरोध सभालाई नयाँ शक्ति पार्टीका नेताहरु कुमार पौडेल, हिसिला यमी, क्रान्तिकारी माओवादीका नेता परि थापा, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीलगायतले सम्बोधन गर्नुभएको थियो ।

हेर्नुहोस् तस्बिरहरु