एशियन पेन्ट्समा नयाँ शक्तिसम्बद्ध मजदुर संघ विजयी

२६ चैत, २०७३

हेटौंडा – हेटौंडास्थित एशियन पेन्ट्स् प्रा.लि. को आधिकारिक ट्रेड युनियन निर्वाचनबाट नयाँ शक्ति पार्टी निकट नेपाल समाजवादी औद्योगिक मजदुर संघ अत्याधिक मतका साथ विजयी भएको छ । ठूला दलहरु नेकपा एमाले, माओवादी केन्द्रसम्बद्ध ट्रेड युनियनहरुलाई पछाडि पार्दै अत्यधिक मतका साथ नेपाल समाजवादी औद्योगिक मजदुर संघले विजयी हात पारेको हो ।

विजयी समाजवादी औद्योगिक मजदुर संघले ४७ मत प्राप्त गरेको छ भने प्रमुख प्रतिद्वन्द्वी एमाले निकट मजदुर संघले २८ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्र निकट मजदुर संघले २६ र राप्रपा निकट मजदुर संघले १२ मत प्राप्त गरेका छन् ।

श्रम कार्यालय हेटौंडा एवं औद्योगिक सुरक्षा बल तथा प्रहरी प्रशासनको रोहवरमा सम्पन्न भएको निर्वाचन प्रक्रियामा नयाँ शक्तिसहित नेकपा एमाले, माओवादी केन्द्र तथा राप्रपा निकट मजदुर संगठनहरुले प्रतिस्पर्धा गरेको नेपाल समाजवादी औद्योगिक मजदुर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र लामिछानेले जानकारी दिनुभयो ।