नयाँ शक्तिले अब सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्ने

८ बैशाख २०७४

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले अब पार्टीको सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ । काठमाडौंमा बैशाख ६ र ८ गते बसेको केन्द्रीय कार्यकारी समितिको बैठकले दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा नै सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यकारी समितिको बैठकले निर्वाचनसम्बन्धी निम्न निर्णयहरु गरेको छ:

१) पार्टीको सम्पूर्ण शक्ति दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा लगाउने ।

२) स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीको प्रतिवद्धतापत्र एक साताभित्र सार्वजनिक गर्ने ।

३) नयाँ शक्तिको विचार, सिद्धान्त र ५‘स’को अवधारणामा सहमत हुने शक्तिहरुसँग कार्यगत एकता, निर्वाचनमा तालमेल तथा ध्रुवीकरणका लागि खुल्ला रहने ।