अखिल तराई मुक्ति मोर्चा नयाँ शक्तिमा समाहित

१९ वैशाख, २०७४

काठमाडौं – अखिल तराई मुक्ति मोर्चा नयाँ शक्तिमा समाहित भएको छ । स्थानीय तह निर्वाचनको समय नजिकिंदै गर्दा नयाँ शक्ति पार्टीप्रति धु्रवीकरणको लहर पनि बढ्दै गएको छ ।

नयाँ शक्तिले बोकेको कार्यदिशा र आर्थिक विकास एवं समृद्धिको एजेण्डाप्रति आकर्षित भएर विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, समूह एवं स्वतन्त्र रुपले क्रियाशील सामाजिक कार्यकर्ताहरु नयाँ शक्तिप्रति धु्रवीकृत भएका हुन् ।

मंगलबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा मुक्ति मोर्चाका संस्थापक संयोजक सन्तोष पाण्डे (पवन), वार्ताटोली संयोजक विनोद चौधरी (विवेक), केन्द्रीय सदस्यहरु सागर साह, रञ्जीत कुमार झा, प्रभा साह, दीपलाल साहलगायत नयाँ शक्तिमा प्रवेश गर्नुभएको हो ।

नवप्रवेशीहरुलाई पार्टीका संयोजक डा. बाबुराम भट्टराईले स्वागत गर्नुभयो । मधेशी, थारु समुदायको हक, अधिकार नयाँ शक्तिले मात्र पूरा गर्ने देखेर आफूहरु नयाँ शक्ति पार्टीमा समाहित भएको मोर्चाका संयोजक सन्तोष पाण्डेले बताउनुभयो । नयाँ शक्ति पार्टीका ५ नम्बर प्रदेश संयोजक दानबहादुर चौधरीको पहलमा उक्त ध्रुवीकरण भएको हो ।