यी हुन् काठमाडौं उपत्यकाका नयाँ शक्ति र संघीय समाजवादी फोरमका साझा उम्मेदवारहरु

२० वैशाख, २०७४

काठमाडौं – यहि वैशाख ३१ गते ३, ४ र ६ नम्बर गरी तीनवटा प्रदेशका ३४ जिल्लामा हुन गइरहेको पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त उम्मेदवारी दिएका छन् । नयाँ शक्ति र संघीय समाजवादी फोरमले संयुक्त रुपमा एक हातले समातेको मशाल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागि भएका हुन् ।

दुई पार्टीले संयुक्त रुपमा मनोनयन दर्ता गराएका छन् । काठमाडौं जिल्ला अन्तर्गत काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि पवित्रमान बजाचार्य तथा उपमेयरमा सविना अर्यालको उम्मेदवारी परेको छ । किर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जन र उपमेयरमा शुभलक्ष्मी शाक्य, चन्द्रागीरि नगरपालिकाको मेयरमा रञ्जीत प्रधान र उपमेयरमा मैया महर्जनले मनोनयन दर्ता गराएका छन् ।

नागार्जुन नगरपालिकाको मेयरमा प्रताब दानी र उपमेयरमा सृजना सुवेदी, तारकेश्वर नगरपालिकाको मेयरमा बासु फुयाल र उपमेयरमा धना अर्याल, टोखा नगरपालिकाको मेयरमा चैत्यलाल महर्जन, उपमेयरमा रेणु गुरुङले उम्मेदवारी दिएका छन् ।

दक्षिणकाली नगरपालिकाको मेयरमा आशा तामाङले उम्मेदवारी दिएका छन् भने कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा विश्वनाथ केसीको उम्मेदवारी परेको छ । गोकर्णेश्वर नगरपालिकाको मेयरमा तुलसी पौडेल र उपमेयरमा अन्जना श्रेष्ठ तथा बुढानिलकण्ठ नगरपालिकाको मेयरमा लक्ष्मण गुरुङ र उपमेयरमा अनित श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी ललितपुर जिल्ला अन्तर्गत ललितपुर महानगरपालिकाको मेयरमा मदन महर्जन र उपमेयरमा सजनी महर्जनले उम्मेदवारी दिएका छन् । महालक्ष्मी नगरपालिकाको मेयरमा जनक थापा र उपमेयरमा दीपा थापामगर, गोदावरी नगरपालिकाको मेयरमा विनोद महर्जन र उपमेयर अञ्जना तामाङको उम्मेदवारी परेको छ ।

भक्तपुर जिल्ला अन्तर्गत सुर्यविनायक नगरपालिकाको मेयरमा नारायणकृष्ण थापा र उपमेयरमा डिला लामा, चाँगुनारायण नगरपालिकाको मेयरमा कान्छा तामाङ र उपमेयरमा चण्डिका लामिछाने, भक्तपुर नगरपालिकाको मेयरमा विष्णु निसुतु (वैद्य) र उपमेयरमा ललिता पराजुली, मध्यपुर ठिमीनगरपालिका मेयरमा ज्ञानराम श्रेष्ठ र उपमेयर नानीछोरी बाडीको उम्मेदवारी परेको छ ।