उपत्यका बाहिर नयाँ शक्ति र संघीय समाजवादी फोरमका संयुक्त उम्मेदवारहरु

२० वैशाख, २०७४

काठमाडौं – नयाँ शक्ति र संघीय समाजवादी फोरमले संयुक्त रुपमा एक हातले समातेको मशाल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी भएसँगै दुवै दलले पहिलो चरणमा निर्वाचन हुने जिल्लास्थित स्थानीय तहहरुमा संयुक्त उम्मेदवारी दिएका छन् ।

गोर्खा जिल्लास्थित गोर्खा नगरपालिकाको मेयरमा ज्ञानेन्द्र कुमाल तथा उपमेयरमा पूर्णमाया वन्तले उम्मेदवारी दिएका छन् । गोर्खाकै पालुङटार नगरपालिकाको मेयरमा अशोक देवकोटा तथा उपमेयरमा देवी गिरीले उम्मेदवारी दिएका छन् । गोर्खा जिल्ला अन्तर्गत सहिद लखन गाउँपालिकाको अध्यक्षमा गोपालबाबु श्रेष्ठ र उपाध्यक्षमा कल्पना थापागर, गण्डकी गाउँपालिका अध्यक्षमा कुमार तिवारी र उपाध्यक्षमा दुर्गा गुरुङ, भिमसेन गाउँपालिका अध्यक्षमा चित्रकुमार श्रेष्ठ र उपाध्यक्षमा मिलन न्यौपाने, सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा सिर्जना पोखरेल, आरुघाट गाउँपालिका अध्यक्षमा हुकुम खड्का र उपाध्यक्षमा मनकुमारी गुरुङ, सिरानचोक गाउँपालिका अध्यक्षमा महेश गुरुङ र उपाध्यक्षमा सुमित्रा ढकाल, अजिरकोट गाउँपालिका अध्यक्षमा गणेश तामाङ र उपाध्यक्षमा सीता देवकोटा, धार्से गाउँपालिका अध्यक्षमा लक्ष्मण गुरुङ, चुमनुब्री गाउँपालिका अध्यक्षमा रिन्जेनदोर्जे लामा र उपाध्यक्षमा रञ्जना ढकालको उम्मेदवारी परेको छ ।

कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका प्रमुखका हुम गुरुङ्ग एवं उपप्रमुखमा लक्ष्मी खाती परियारले मनोनयन दर्ता गराएका छन् । कास्कीकै माछापुच्छ्रे गाउपालीका अध्यक्षमा तयनाथ लम्साल र उपाध्यक्षमा सुनिता तामाङ, अन्नपुर्ण गाउपालिका अध्यक्षमा कर्ण बहादुर नेपाली र उपाध्यक्षमा लक्ष्मी दहाल, मादी गाउँपालिका अध्यक्षमा रामकाजी चमार्कार, रुपा गाउँपालिका अध्यक्षमा नारायण सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका मेयरमा अजित अधिकारी, मध्यनेपाल नगरपालीका मयेरमा गेहराज पौडेल, राइनास नगरपालिका मेयरमा पदमराज पन्थी, सुन्दर बजार नगरपालिका ऋषि पोखरेल, दुध पोखरी गाउँपालिका अध्यक्षमा रेखी गुरुङ, दोर्दी गाउँपालिका अध्यक्ष भरतराज गुरुङ, मस्र्याङ्गदी गाउँपालिका अध्यक्षमा बासुदेव थापा र उपाध्यक्षमा बीना गुरुङले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी तनहुँ जिल्लाको भानु नगरपालिका मेयरमा रुद्र बहादुर थापा र उपमेयरमा शर्मिला अधिकारी, भिमाद नगरपालिका मेयरमा गणेश गैरे, व्यास नगरपालिका मेयरमा हरिसिंह गुरुङ र उपमयेरमा नानु माया कार्की, शुल्लागण्डकी नगरपालिका मेयरमा बोम बहादुर गमाल र उपमेयरमा मालती रानाले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी तनहुँकै देवघाट गाउँपालिका अध्यक्षमा शुकलाल मगर र उपाध्यक्षमा शुकमाया मगर, बन्दीपुर गाउँपालिका अध्यक्षमा भिम बहादुर गुरुङ र उपाध्यक्षमा मीना गौतमले मनोनयन दर्ता गराएका छन् ।

नवलपुर जिल्ला अन्तर्गत गैंडाकोट नगरपालिका प्रमुखमा गोपेन्द्र केशरी न्यौपाने एवं उपप्रमुखमा कमला गुरुङ, देवचुली नगरपालिका प्रमुखमा जगन्नाथ अर्याल र उपप्रमुखमा अस्मिता गैरेले मनोनयन दर्ता गराएका छन् ।

पर्वत जिल्लाको कुस्मा नगरपालिका प्रमुखमा सुनिल पौडेल र उपप्रमुखमा विन्दु केसीले उम्मेदवारी दिएका छन् । फलेबास नगरपालिका प्रमुखमा गोपाल भण्डारी, जलजला गाउँपालिका प्रमुखमा हिरा बहानुर महत, मोदी गाउँपालिका प्रमुखमा यम बहानुर पुनको मनोनयन परेको छ ।

बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका प्रमुखमा रेशम थापा र उपप्रमुखमा तारा शर्माको उम्मेदवारी परेको छ । त्यसैगरी गल्कोट नगरपालिका प्रमुख बोम बहादुर गुरुङ, जैमिनी नगरपालिका प्रमुखमा प्रकाश केसी र उपप्रमुख रेवती थापा, ढोरपाटन गाउँपालिका प्रमुख टेक बहादुर बुढा, ताराखोला गाउँपालिका प्रमुखमा यम बहादुर घर्ती मगर, निसिखोला गाउँपालिका प्रमुखमा नैनसिंह बुढा र उपप्रमुखमा इन्द्रमाया विक, बडीगाड गाउँपालिका प्रमुखमा विर बहादुर परियार उपप्रमुखमा पुनम श्रीसको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी म्याग्दी जिल्लास्थित बेनी नगरपालिका प्रमुखमा यम बहादुर किसान र रंघुगंगा गाउँपालिका प्रमुखमा इन्द्र बहादुर मगरले उम्मेदवारी दिएका छन् ।

स्याङ्जा जिल्लास्थित वालिङ नगरपालिका मेयरमा उदय श्रेष्ठ र उपमेयरमा दीपा भुसाल, पुतलीबजार नगरपालिका मेयरमा पोम नारायण अर्याल, चापाकोट नगरपालिका मेयरमा रुकवीर विकले उम्मेदवारी दिएका छन् । त्यस्तै भेदीखोला गाउँपालिका अध्यक्षमा रन बहादुर विश्वकर्मा र उपाध्यक्षमा विन्दु केसी, आँधीखोला गाउँपालिका अध्यक्षमा ख्यामनारायण ढकाल र उपाध्यक्षमा विनाकुमारी ढकालले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सूर्य तिमिल्सेना र उपप्रमुखमा शारदा घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । चितवनकै रत्न नगर नगरपालिका मेयरमा नारायण रेग्मी र उपमेयरमा मिरा दुवाडी, राप्ती नगरपालिका मेयरमा राम प्रसाद नेपाल र उपमेयरमा टिका माया पाठक, खैरनी नगरपालिका मेयरमा लालमणी कुँवर र उपमेयरमा भवानी घिमिरे, माडी नगरपालिका मेयरमा रमाकान्त सापकोटा र उपमेयरमा सनत्रासा महत, कालिका नगरपालिका मेयरमा नविन आचार्य र उपमेयरमा सत्य देवी श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

मकवानपुर जिल्लास्थित हेटौडा उपमहानगरपालिका प्रमुखमा शुभरत्न गोले एवं उपप्रमुखमा पुनम भट्टराईले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी थाहा नगरपालिका मेयरमा निरु तामाङ र उपमेयरमा तारालाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका मेयरमा दिर्घराज र उपमेयरमा बन्दना सुवेदीको उम्मेदवारी परेको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका मेयरमा राम बहादुर तामाङ र उपमेयरमा सावित्री तामाङ, रामेछाप नगरपालिका मेयरमा मिन बहादुर तामाङ र उपमेयरमा रिता कार्की श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यस्तै दोलखा जिल्लाको भिमेश्वर नगरपालिका मेयरमा नारायणभक्त श्रेष्ठ र उपमेयरमा लक्ष्मी फुयालले उम्मेदवारी दिएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका मेयरमा सन्तोष रायमाझी र उपमेयरमा बालकुमारी तामाङ, चौतारा नगरपालिका मेयरमा रेशम गिरी र उपमेयरमा विष्णु विक, मेलम्ची नगरपालिका मेयरमा विन्दा आचार्य र उपमेयरमा हर्क तामाङको मनोनयन दर्ता भएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका मेयरमा कृष्ण धिमाल र उपमेयरमा झलककुमारी दुलाल, मण्डन देउपुर नगरपालिका मेयरमा ईश्वर ढकाल र उपमेयरमा सीता तामाङ, नवबुद्ध नगरपालिका मेयरमा सानुमैया तामाङ र उपमेयरमा कुमार दाहाल, पनौती नगरपालिका मेयरमा लक्ष्मण श्रेष्ठ, धुलिखेल नगरपालिका मेयरमा रुपक तोलाङ्गे, बनेपा नगरपालिका मेयरमा रविन शाक्य र उपमेयरमा उर्मिला श्रेष्ठले उम्मेदवारी दिएका छन् ।