प्रदेश ६ मा यस्तो छ नयाँ शक्ति र संघीय समाजवादी फोरमको चुनावी तालमेल

२० वैशाख, २०७४

काठमाडौं – संयुक्त गठबन्धन बनाएर स्थानीय तह निर्वाचनमा होमिएको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले ६ नम्बर प्रदेशमा पनि अन्यत्र जस्तै साझा उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् ।

जस अन्तर्गत दैलेख जिल्लास्थित नारायण नगरपालिका मेयर पदमा वीरबहादुर भण्डारी र उपमेयरमा सन्तु नेपालीले उम्मेदवारी दिएका छन् । दैलेखकै दुल्लु नगरपालिका मेयरमा बमबहादुर रावत र उपमेयरमा जुना बुढा उम्मेदवार बनेका छन् भने आठविस नगरपालिकामा तिलक शाही मेयर र निर्मला शाही उपमेयर पदको उम्मेदवार बनेका छन् ।

डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका मेयरमा कमलकुमारी शाही र उपमेयरमा झानसिंह बुढाको उम्मेदवारी परेको छ ।

उता जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका मेयरमा दानबहादुर महत र उपमेयरमा राजु चौलागाईले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी रुकुम जिल्लाको मुसिकोट नगरपालिका मेयर पदमा राजेश पुनमगर र उपमेयर पदमा बेलमती दमाईको उम्मेदवारी परेको छ भने चौरजहारी नगरपालिका मेयरा बालकृष्ण भाट र उपमेयरमा सम्झना खत्री तथा आठविसकोट नगरपालिका मेयरमा बलराम पुनले मनोनयन दर्ता गराएका छन् ।

सुर्खेत जिल्लास्थित वीरेन्द्रनगर नगरपालिका मेयरमा लक्ष्मीप्रसाद ढकाल र उपमेयरमा लक्ष्मी तामाङ तथा पञ्चपुरी नगरपालिका मेयरमा पवित्रा मगर र उपमेयरमा यमलाल घिमिरेले उम्मेदवारी दिएका छन् ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका मेयरमा सीता दवाडी र उपमेयरमा पद्मावती पुनले मनोनयन पत्र दर्ता गरेका छन् ।