महानगरमा नयाँ शक्तिले खाेल्यो पहिलो खाता, रसुवामा पनि निर्विरोध विजयी

२२ वैशाख २०७४

ललितपुर । ललितपुर महानगरपालिकामा नयाँ शक्ति पार्टी, नेपालकी उम्मेदवार वीनाकुमारी पोडे निर्विरोध निर्वाचित हुनुभएको छ ।

महानगरपालिकाको वडा नं. १ मा दलित महिला सदस्य पदको निर्वाचनमा पोडे एक्लैको उम्मेदवारी मनोनयनपत्र दाखिला भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । पोडेको विजयसँगै नयाँ शक्तिले स्थानीय तहको निर्वाचन २०७४ मा महानगरमा पहिलो विजय दर्ज गर्न सफल भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय ललितपुरले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ अनुसार पोडे निर्विरोध दलित वडा सदस्य पदमा निर्वाचित भएको जनाएको छ ।

यसअघि नयाँ शक्तिबाटै रसुवाको पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर २ मा नयाँ शक्ति पार्टीेका श्रीमाया विक निर्विरोध निर्वाचित हुनुभएको छ ।