स्मार्ट काठमाडौं बनाउने यस्ता छन् नयाँ शक्तिका उम्मेदवारका योजना

२३ वैशाख २०७४

काठमाडौं । स्थानीय तह निर्वाचनमा नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले आफ्ना योजना सार्वजनिक गर्नुभएको छ । महानगरको विकास र समृद्धिको आफ्नो मार्गचित्र उहाँहरुले सार्वजनिक गर्नुभएको हो ।


महानगर प्रमुखमा पवित्र वज्रचार्य र उपप्रमुखमा सविना अर्यालको उम्मेदवारी छ । उहाँहरुले महानगर भित्रका अव्यवस्थित रुपमा रहेको सडकको व्यवस्थित निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उपत्यकामा धुँवा र धुलोले मानिसको स्वास्थ्यमा गम्भीर असर गरिरहेकोले त्यको नियन्त्रण गर्ने गरी योजना ल्याउनुभएको छ । यस्तै सडक बत्ति, खानेपानी ढलनिकासमा विशेष जोड दिनुभएको छ । राजधानीमा पार्किङको व्यवस्था गर्ने अर्को योजना रहेको छ ।


पुरानो सहरको मौलिकता जोगाएर एकै दिनमा दशौँ हजार पर्यटक आकर्षित हुने आकर्षक क्षेत्रकोरुपमा विकास गर्ने उम्मेदवारहरुको विशेष योजना छ । काठमाडौँ जोड्ने तिव्रगतिको बाटोलाई यथाशिघ्र निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउन पहल गर्ने अर्को योजना छ । स्वास्थ्य विमाको व्यवस्था गरी उपचारलाई सबैको पहुँचमा पुर्‍याउने उनीहरुले बताउनुभएको छ ।


महानगरभित्रका विभिन्न क्षेत्रलाई शिक्षा स्वास्थ्य, सञ्चार, आवास, प्रशासनिक, कुटनीति, व्यापारिक, पर्यटकीय, सास्कृतिक आदि क्षेत्र तोकी व्यवस्थीत सहर बनाउने दूरदृष्टि सार्वजनिक गर्नुभएको छ । महानगरपालिका भरी सिसिटिभिको सञ्जाल सहित स्र्माट सुरक्षा नीति अपनाएर अपराधमुक्त सहरको रुपमा विकास गर्ने योजना रहेको उम्मेदवारले बताउनुभएको छ ।


निम्न आयस्तर भएका जेष्ठ नागरिक, एकल महिलाहरुलाई जीविकोपार्जन गर्न सकिने गरी वृद्ध भत्ता र एकल महिला भत्ता वृद्धि गर्ने योजना समेत छ । भूकम्पले ध्वस्त भएका घर, सांस्कृतिक धरोहरहरुको पुनर्निमाण गर्ने समेत बताउनुभएको छ ।

उहाँहरुका योजनालाई बुँदागतरुपमा यसरी हेर्न सकिन्छ–

१) व्यवस्थित सहर हाम्रो परिकल्पना


— काठमाडौँ महानगरपालिका (कामपा) लाई सास्कृतिक र पर्यटकिय तथा व्यापारिक सहरको रुपमा विकास गर्ने

—भ्रष्टाचरामुक्त महानगरपालिका बनाउने

—महानगरपालिकाभित्रका भुकम्पले प्रभावित घरहरु पुननिर्माणमा स्थानीय मौलिकरुपमा निर्माण गर्ने घरहरुलाई विशेष अनुदान दिने । त्यसरी निर्माण गर्दा महानगरपालिकाले आर्थिक लगानीका साथै एकीकृत वस्ती विकास गर्न जोड दिने ।

—काठमाडौँ महानगरपालिका भित्रका अव्यवस्थित रुपमा रहेको सडक मर्मत धुँवा धुलो, सडक बत्ति, खानेपानी ढलनिकास पार्किङको व्यवस्था गर्ने ।

—गैर न्यायीक सडक विस्तारबाट पीडित जनतालाई पुनः स्थापित गरिनेछ । एतिहासिक सास्कृतिक शहर र वस्तीहरुको संरक्षण गरिनेछ ।

— सडक विस्तार गर्नुपर्ने परिस्थिति सृजना भएमा जनताको घर जग्गा न्यायोचित मुआब्जा सहित वैकल्पिक व्यवस्था गरेरमात्र सडक विस्तार गरिनेछ ।

—नक्सा विपरितका घरहरुलाई विशेषज्ञहरुको परामर्शमा नियमित गर्ने

—प्रत्येक वडामा जेष्ठ नागरिक मैत्री तथा बाल उद्यान पार्क बिकास गरी फ्रि वाइफाई जोनको व्यवस्था गरिने ।

—महानगरभित्रका जथाभावि विजुलीका पोल, टेलिफोन र केवलका तारहरु विछ्याउन रोक लगाएर बैज्ञानिक र सहरको सुन्दरतालाई असर नगर्ने गरी तारहरु व्यवस्थित गर्न लगाउने ।

—महानगरभित्र सरकारी, सार्वजनिक र गुठी जग्गामा व्यापारिक उद्धेश्यले भवन निर्माणमा रोक लगाउने गरी कानुन बनाउने ।

—पुरानो सहरको मौलिकता जोगाएर एकै दिनमा दशौँ हजार पर्यटक आकर्षित हुने आकर्षक क्षेत्रकोरुपमा विकास गर्ने ।

—महानगरपालिकाको भित्रि सहरको ढलको समस्यालाई कहिल्यै समस्या नहुने गरी गुरुयोजनासहित पुननिर्माण गरी प्रत्येक वर्ष ढल खोल्न खन्नुपर्ने बाध्यताबाट मुक्त गर्ने ।

—महानगरभित्रका विभिन्न क्षेत्रलाई शिक्षा स्वास्थ्य, सञ्चार, आवास, प्रशासनिक, कुटनीति, व्यापारिक, पर्यटकीय, सास्कृतिक आदि क्षेत्र तोकी वर्गिर्कत गर्ने ।

—जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्ने ।

—आधाभुत स्वास्थ्य विमाको व्यवस्था गर्ने ।

—महानगलाई फोहोरमैला, प्रदुषण मुक्त स्वच्छ सहरको रुपमा विकास गर्ने ।


२) सहरी पूर्वाधार विकास

खानेपानी समस्याको हल गर्नकालागि मेलाम्ची खानेपानी आयोजनालाई यथाशिघ्र सम्पन्न गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग सहकार्य गरी आवस्यक बजेटको व्यवस्थापन गर्ने ।

—काठमाडौँ जोड्ने तिव्रगतिको बाटोलाई यथाशिघ्र निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउन पहल गर्ने

—काठमाडौँको जीवन्त सास्कृतिक, जैविक विविधता र पहिचानमा आधारित पर्यटन विकास गर्ने

—काडमाडौँ उपत्यकाको प्राचिन वस्तीहरुलाई नमूना सम्पदा सहरकोरुपमा विकास गर्न अन्य नगरपालिका र गाउँपालिकासँग सहकार्य गर्ने

—अनियन्त्रित सहरी विकास नियन्त्रण गर्न वैज्ञानिक भू—उपयोग नीति निर्माण गर्ने र एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने

—काठमाडौँ उपत्यका तथा बनेपा, धुलिखेल, पनौति आदी नजिकका सहरहरुको सडक, सञ्चार, शिक्षा, स्वास्थ्य, विजुली, खानेपानी, फोहोरमैला व्यवस्थापन, उद्योगधन्दा आदीको एकीकृत विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

—अव्यवस्थित आप्रवासनबाट उत्पन्न समास्या हल गर्न काठमाडौँ उपत्यकासँग जोडिएको निर्माणाधिन सहरहरुलाई व्यवस्थित गर्न सघाउने

 

३) प्रविधिमैत्री सहर


—महानगरपालिका भरी सिसिटिभिको सञ्जाल बनाई अपराधमुक्त सहरकोरुपमा विकास गर्ने

—सहरी विकाससँगै दमकल तथा आवश्यक आधुनिक उपकरणको व्यवस्था गरी सहरी सुरक्षाको व्यवस्था गर्ने ।

प्रत्येक वडालाई विज्ञान, प्रविधि तथा वातावरणमैत्री बनाउने

 

४) शिक्षा र संस्कृति

प्राथमिक क्षेत्रदेखि उच्च शिक्षामा मातृभाषा शिक्षामा जोड दिने

—महानगरपालिका भित्रका नेपालभाषालाई औपचारिक मान्यता प्रदान गरी नेपाली भाषाको साथसाथै नेपालभाषालाई पनि कामकाजी भाषाकोरुपमा विकास गर्ने

—पहिचानकोरुपमा स्थापित महानगरपालिका भित्रका सास्कृतिक पर्व, सांस्कृतिक धरोहरहरु, हिन्दरु मन्दिर र वौद्ध विहार तथा अन्य धर्मालम्वीहरुको ऐतिहासिक सम्पदाको संरक्षण गर्न विषेश योजना ल्याउने ।

५) यातायात र पार्किङ

विद्यमान ट्राफिक नियम समस्याको दिर्घकालिन समाधानको लागि मेट्रो रेल, स्काइ ट्रेन र फ्लाई ओभरको निर्माण गर्ने

—महानगरपालिका भित्र नदी किनारका अव्यवस्थित र अतिक्रमण हटाई नदी किनारबाट बैकल्पिक स्तरिय सडकहरु निर्माण गरी महानगरभित्रको ट्राफिक जामको न्युनिकरण गर्ने

—महानगरपालिकाका सडककोबीचमा रहेको मठमन्दिरलाई व्यवस्थित रुपमा समुदायको सहमतिमा स्थानतरण गरी सडक आवत जावतलाई व्यवस्थित गर्ने

—महानगरपालिकाको भित्री सहर भित्र व्यापारिक क्षेत्रमा बहुतल्ले पार्किङ भवन वनाउने र यस्ता भवन निर्माण गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न आवस्यक नीति ल्याउने

—अव्यवस्थित पाकिङ मुक्त महानगरपालिका बनाउने


६) सांस्कृतिक सम्पदा र विकास

हनुमानढोका, स्वयम्भु, पशुपति र बौद्ध लगायत विश्व सम्पदा क्षेत्रको वातावरण स्वास्थ्य र सफा र सुग्घरसहित विषेश संरक्षणको लागि गुरुयोजना बनाउने

—बागमति किनारका सम्पदाहरु संरक्षण तथा आकर्षक पर्यट स्थलको विकास गर्न विषेश योजना ल्याउने

—भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदाहरुको तत्काल पुननिर्माण गर्न पहल गर्ने र त्यसरी पुननिर्माण स्थानीय सहभागितको ग्यारेन्टी गर्ने


७) पर्यटन तथा आर्थिक विकास

प्रत्येक घरका सदस्यहरुलाई उत्पादनसँग जोडेर आत्म स्वावलम्वन बनाउने

—प्रदर्शनीमार्ग भित्र रहेको अव्यवस्थित व्यापारिक केन्द्र हटाई त्यहाँ विश्व स्तरीय विकेण्ड मार्केट निर्माण गर्ने

—फुटपाथ पसललाई हटाई आवागमनलाई सहज गर्ने

—प्रत्येक वडामा व्यापारिक केन्द्र निर्माण गरेर व्यवस्थित गर्ने ।


८) समुदायसँगको सम्वन्ध

सांस्कृतिक धरोहर एवं विकास निर्माणमा स्थानीय जनताको पहुँच बनाई स्वसाशन र स्वायत्तता दिने

—निम्न आयस्तर भएका जेष्ठ नागरिक, एकल महिलाहरुलाई जीविकोपार्जन गर्न सकिने गरी वृद्ध भत्ता र एकल महिला भत्ता वृद्धि गर्ने