काठमाडौँ महानगरपालिकामा संयुक्त प्रचार जारी

२७ वैशाख, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त चुनावी संयन्त्रले काठमाडौं महानगरपालिकाको चुनावी प्रचारलाई जारी राखेको छ । बुधबार संयन्त्रले काठमाडौं महानगरको महाराजगञ्जस्थित कान्ति बाल अस्पताल र शिक्षण अस्पताल क्षेत्र, खाडी बस्ती, बसुन्धारा, चक्रपथ, भाटभटेनी, मिलीजुली टोल, बाँसबारी, पिपलबोट, प्रगति टोल, खहरे बस्ती, गैह्रीगाउँ, विशालनगर, टुडालदेवी, चाबेल लगायतका स्थानहरुमा प्रचार–प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिकाका उम्मेदवार पवित्र बज्राचार्य र उपमेयरका उम्मेदवार सविना अर्याल सहित प्रचार–प्रसार तथा घरदैलोका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

प्रचार अभियानमा संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र नयाँ शक्ति पार्टी, नेपालकी नेतृहरु हिसिला यमी, लिली थापा र शोभा बज्राचार्यलगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै नयाँ शक्ति संघीय परिषद् सदस्य परिवर्तन भट्टराई तथा रहर बहादुर खड्का, शंकर बहादुर लिम्बू, अमिता महर्जन राई, डिल्लीराम राजभण्डारी, उत्सव खड्गी, मनोहरबेटी श्रेष्ठ, महेश अधिकारी, शिव पाण्डे, लक्ष्मी थापा, रेष्मा श्रेष्ठ लगायतको सक्रियतामा चुनावी प्रचारप्रसार भइरहेको छ ।

यसअघि पनि बालुवाटार, टुँडालदेवी, पञ्चकन्या, चुनदेवी, टुसाल, हाँडीगाउँ हाँडीगाउँ, गहना पोखरी, मालीगाउँ, बालमन्दिर, सानो गौचरण, नक्साल, भगवती बहाल, चारढुंगे, नागपोखरी, ज्ञानेश्वर, डिल्लीबजार, चारखाल, पिपलबोट, मैतिदेवी, रातोपुल, शंखपार्क, चप्पल कारखाना, बाँसबारी, पिपलबोट, चक्रपथ, गणेश बस्ती, चुनदेवी, निल सरस्वती, उत्तर ढोका, लाजिम्पाट, खुर्सानीटारलगायतका क्षेत्रहरुमा घरदैलो सँगै प्रचार–प्रसारको कार्यक्रम सम्पन्न भएको थियो ।