भेरी नगरपालिकालाई मदिरा मुक्त बनाउने महिला उम्मेदवारको घोषणा

२७ वैशाख, २०७४

जाजरकोट – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त रुपमा जाजरकोट जिल्लाको भेरी नगरपालिकाको मेयर र उपमेयर पदमा महिला उम्मेदवार उठाएको छ । मेयरमा सीता दवाडी र उपमेयरमा पद्मावती पुनले उम्मेदवारी दिनुभएको हो ।

मेयर पदकी प्रत्यासी सीता दवाडीले आफू निर्वाचित भएको खण्डमा सर्वप्रथम नगरपालिकालाई मदिरा मुक्त बनाउने घोषणा गर्नुभएको छ । ‘मदिराले यहाँका धेरै जनताको घरबार बिगारेको छ, अनि मदिरापानकै कारण कतिले आत्महत्या गर्ने गरेका छन्’ उहाँले भन्नुभयो – ‘मदिरापानले समाजमा पु¥याएको असरका बारेमा म परिचित छु । तसर्थ यस्तो समाजलाई सुधार्न नगरपालिकालाई मदिरा मुक्त क्षेत्र बनाउनु मेरो प्रमुख काम हुनेछ ।’

नगरपालिका घोषणा भइसक्दा पनि अझै बाटो कालोपत्रे नभएको उक्त बाटोलाई फराकिलो बनाएर कालोपत्रे गर्ने योजना उहाँले अगाडि सार्नुभएको छ । रोजगारको अभावमा अधिकांश युवाहरु मदिरापान गरेर बस्ने बताउँदै उहाँले युवाहरुलाई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न युवालक्षित कार्यक्रमका साथै नगरबासीका करेसाबारीमा तरकारी तथा फलफूल खेती गर्न प्रात्साहित गर्ने योजना समेत सुनाउनुभयो ।

अत्यन्तै विकट मानिने जाजरकोट जिल्ला स्वास्थ्य सेवाको पहुँचका हिसाबले पनि पिछडिएको जिल्ला हो । उहाँले नगरक्षेत्रमा खानेपानी, विद्युत् स्वास्थ्य चौकी लगायतका अति आवश्य पूर्वाधारहरुको विकास र विस्तार गर्ने योजना रहेको पनि बताउनुभएको छ ।

त्यसैगरी त्यहाँ रहेका रामजानकी मन्दिर, शिवालय मन्दिर जस्ता धार्मिक क्षेत्रको संरक्षण गरी धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक पहल गर्ने दवाडीले बताउनुभएको छ ।
त्यस्तै उपमेयर पदकी प्रत्यासी पद्मावती पुनले भेरी नगरपालिकाभित्र रहेका महिलाको आवाज प्रशासनिक क्षेत्र तथा राज्यको माथिल्लो तहमा पु¥याउन कै लागि आफूले उपमेयर पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

‘यस नगरपालिकाभित्र रहेका महिला, जनजाति, दलितहरुमा जनचेतनाका साथै राज्यका नीति निमार्णका तहमा पहुँच पुग्न सकेको छैन्’ उहाँले भन्नुभयो – ‘त्यसैले उनीहरुमा जनचेतनाको विकास गर्न, स्थानीय प्रशासनिक क्षेत्रमा उनीहरुको पु¥याउन उपमेयर पदमा उठेकी हुँ । महिला सशक्तिकरणसम्बन्धी विभिन्न कार्यक्रम गर्दै महिलाहरुलाई सीपमूलक तालिमबाट आत्मनिर्भर बनाउने योजना बनाएको छु ।’