नयाँ शक्तिले सार्वजनिक स्थलका चुनाव प्रचार सामग्री हटाउने

५ जेठ, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टीले गएको वैशाख ३१ गते सम्पन्न प्रथम चरणको स्थानीय तह निर्वाचन भएका क्षेत्रहरुमा प्रयोग गरिएका चुनावी प्रचार सामग्रीहरु हटाउने भएको छ ।

पार्टीले सफा र स्वच्छ सहर, गाउँ टोल बनाउनका लागि चुनावका बेला उम्मेदवारहरुको प्रचार प्रसारका विभिन्न सार्वजनिक स्थल, चोक, चौतारो, बिजुलीका पोल, रुख तथा निजी घरहरुमा टांगिएका झण्डा, ब्यानर, तुल आदि प्रचार सामग्री हटाउने निर्णय गरेको हो ।

शुक्रबार नयाँ शक्तिको केन्द्रीय कार्यालयबाट जारी परिपत्रमा चुनाव प्रचारका क्रममा प्रयोग भएका प्रचार सामाग्री तुरुन्त हटाई पर्यावरण स्वच्छ सफा राख्न आन्तरिक पार्टी पंक्तिलाई अनुरोध गरिएको छ ।


डाउनलोड