दाङमा उम्मेदवार छान्दै नयाँ शक्ति

११ जेठ, २०७४

दाङ – आगामी जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणकाे स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टी दाङले आफ्ना उमेद्वार छनौट गरेको छ ।

बुधबार पत्रकार सम्मेलनमार्फत पार्टीले उम्मेदवार छनौट गर्दै नामावली सार्वजनिक गरेको जिल्ला संयोजक नेत्रलाल भट्टराईले बताउनु भयो । २ वटा उमहानरगरमा छनौट गरिएका उमेद्वारहरु मध्य तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा जीवन भण्डारी र उपप्रमुखमा शान्ता रिजाल तथा घोराही उपमहानगरपालिकाको प्रमुखमा जगत पुन मगर र उपप्रमुखमा नर्मला बिक रहेका छन् ।

त्यसैगरी नयाँ शक्तिले तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, ५, ६, ७, १२, १७ र १८ का वडा अध्यक्षहरुमा क्रमशः गिरीराज गरङ्जा मगर, सुरेन्द्र प्रकाश चन्द, पञ्चाराम नेपाली, बुद्धिराम चौधरी, लालबहादुर रावत, कृष्ण चखौरीया (चौधरी), तारानाथ वलीलाई उठाउने निर्णय गरेको छ ।

राप्ती गाउँपालिका अध्यक्षमा नन्दकुमार चौधरी र उपाध्यक्षमा भूमि गुरुङ, बबई गाउँपालिका अध्यक्षमा लोकेन्द्र शेर्पाली, शान्तिनगर गाउँपालिका अध्यक्षमा खम्बु जैशी र उपाध्यक्षमा सिमा वलीलाई उठाउने निर्णय गरेको छ ।

यसैगरी शान्तिनगर गाउँपालिकाको वडा नं २, ३ र ६ को वडा अध्यक्षमा क्रमशः छविलाल वली, रुद्र केसी र हर्कलाल नेपालीलाई अघि सारेको छ ।

दाङको कूल १० वटा स्थानीय तहहरु तुलसीपुर र घोराही दुईवटा उप महानगरपालिका, एक लमही नगरपालिकासहित बबई, शान्तिनगर, राप्ती, राजपुर, गढवा, दंगीशरण र बंगलामुखी गरी सात गाउँपालिका रहेका छन् ।

उम्मेदवार तोक्न बाँकी रहेका स्थानीय तह तथा वडाहरुमा छिट्टै संघीय समाजवादी फोरमसँगको संयुक्त चुनावी संयन्त्रमार्फत उम्मेदवारको टुंगो लगाइने जिल्ला संयोजक भट्टराईले बताउनुभएको छ ।