अछाममा उम्मेदवार छान्दै नयाँ शक्ति

१६ जेठ २०७४

अछाम । स्थानीय तहको दोस्रो चरणको चुनावका लागि नयाँ शक्ति पार्टी नेपालले अछाममा जिल्लाका नगरपालिका र गाउँपालिकाहरुमा आफ्ना उम्मेदवार छान्ने कामलाई तिव्रता दिइरहेको छ ।

चार नगरपालिका र छ गाउँपालिका रहेको अछाम जिल्लामा हालसम्ममा चार नगरपालिकाको मेयर र दुई गाउँपालिका प्रमुखमा आफ्ना उम्मेदवार घोषणा गरिसकेको छ । जिल्लाका पञ्चदेहोल नगरपालिका, कमल बजार, साँफेबगर र मंगलसेन नगरपालिकाका साथै रामरोसन गाउँपालिका र इमारबोट गाउँपालिकामा उम्मेदवार छानी सकेको छ ।

पञ्चेदेहोल नगरपालिकाको मेयर पदमा तीर्थ ढकाल, कमल बजार नगरपालिकाको मेयरपदमा धन बहादुर थापा, साँखुबगर नगरपालिकाको मेयरमा रविन्द्र शाह र मंगलसेन नगरपालिकाको मेयरमा दीपक रावले उम्मेदवारी दिनुहुने भएको छ ।  

त्यस्तै रामारोसन गाउँपालिकाको प्रमुखमा टीकारामा खनाल र तुर्माखाँद गाउँपालिकाको प्रमुखमा दीपेन्द्र चलाउनले उम्मेदवारी दिनुहुने भएको छ ।