बाजुरामा नयाँ शक्तिका उम्मेदवार तय गरियो, कहाँ को-को सूचिसहित

१७ जेठ २०७४

बाजुरा । स्थानीय तह दोस्रो चरणको चुनावका लागि नयाँ शक्ति पार्टी नेपालले बाजुरा जिल्लामा आफ्ना उम्मेदवारहरुको टुङ्गो लगाइसकेको छ ।


चारवटा नगरपालिका र पाँचवटा गाउँपालिका रहेको बाजुरा जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार चयनको काम सकिएको नयाँ शक्ति नेपाल प्रदेश नं. सात संयोजक लिला भण्डारीले जानकारी दिनुभएको छ ।

जिल्लाका बडीमालिका नगरपालिका, त्रिवेणी र बूढीनन्दा नगरपालिकासहित हिमाली गाउँपालिका, स्वामी कार्तिक, पाण्डव गुफा, छेडेदह र गौमुल गाउँपालिकामा उम्मेदवार छनौट गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
उम्मेदवारको छनौटसँगै प्रचारप्रसार पनि तीव्ररुपमा भइरहेको पनि उहाँले बताउनुभयो ।

उम्मेदवारको नामावली–
बडीमालिका नगरपालिकाको मेयरमा टेक बहादुर बडुवाल र उपमेयरमा सरस्वती थापा
त्रिवेणी नगरपालिकाको मेयरमा चक्र थापा र उपमेयरमा मीना खड्का
बुढीनन्दा नगरपालिकाको मेयरपदमा जयप्रसाद जोशी र उपमेयरपदमा मिनु विक
हिमाली गाउँपालिकाको गाउँपालिका अध्यक्षमा गैलधन रोकाया र उपाध्यक्षमा रिता रोकाया
स्वामि कार्तिक गाउँपालिकाको अध्यक्षमा अनिता शाही र उपाध्यक्षमा लोकेन्द्र बहादुर शाही
पाण्डव गुफा गाउँपालिकाको अध्यक्षमा नरेन्द्र विक र उपाध्यक्षमा भिर्खु सार्की
छेडेदह गाउँपालिकाको अध्यक्षमा टेक सार्की र उपाध्यक्षमा उमा विक
गौमुल गाउँपालिकाको अध्यक्षमा नवराज जोशी र उपाध्यक्षमा जुनकला रोकाया