कञ्चनपुरमा नयाँ शक्ति र संघीय समाजवादी फोरमको साझा उम्मेदवार छानियो

१९ जेठ २०७४

कञ्चनपुर । कञ्चनपुर जिल्लाको स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले संयुक्त उम्मेदवारहरु तय गरिएको छ । नौ स्थानीय तह रहेको कञ्चनपुरका सात नगरपालिका प्रमुख, उपप्रमुख र दुई गाउँपालिका अध्यक्ष, उपाध्यक्षका उम्मेदवारको नाम घोषणा गरिएको प्रदेश कार्यालयका सचिव निर्प बोहराले जानकारी दिनुभयो ।

जसअनुसार पुनर्वास नगरपालिकामा मेयर सत्यदेवी चापागाईं (नयाँ शक्ति) तथा उपमेयर जगत सायर (नयाँ शक्ति), बेलौरी नगरपालिकामा मेयर अमर बिष्ट (नयाँ शक्ति) तथा उपमेयर गीता चौधरी (नयाँ शक्ति), बेदकोट नगरपालिकामा मेयर जनक सिं साउद (नयाँ शक्ति) तथा उपमेयर मनु चौधरी (संसफो) को नाम घोषणा गरिएको हो । त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा मेयर द्वारिका कुँवर (नयाँ शक्ति) तथा उपमेयर बिस्ने बोहरा (नयाँ शक्ति), भीमदत्त नगरपालिकामा मेयर माया नेगी (नयाँ शक्ति) तथा उपमेयर गोमती पुजारा (संसफो) रहेका छन् ।

यस्तै नयाँ शक्तिका यमबहादुर थापा महाकाली नगरपालिकाको मेयर र फोरमकी सरिता सुनारलाई उपमेयरको उमेदवार र कृष्णपुर नगरपालिकाको मेयरमा नयाँ शक्तिका सुन्दरदत्त भट्ट र जमुना रानालाई उपमेयरको उम्मेदवारमा छनौट गरिएको छ । यस्तै बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नयाँ शक्तिका शेर सिं पुजारा र उपाध्यक्षमा फोरमकी आरतीदेवी थापालाई छनौट गरिएको प्रदेश कार्यालय सचिव बोहराले जानकारी दिनुभयो ।