अर्घाखाँचीमा यस्ता छन् नयाँ शक्तिका उम्मेदवार

१९ जेठ २०७४

अर्घाखाँची । नयाँ शक्ति पार्टी, नेपाल अर्घाखाँचीले स्थानीय तह निर्वाचनका लागि उम्दवारहरुको नाम सार्वजनिक गरेको छ । यसै क्रममा सन्धिखर्क, भूमिकास्थान र शीतगंगा गरी तीन वटा नगरपालिकासहित मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको जिल्ला संयोजक गोकर्ण थापाले जानकारी दिनुभयो ।

सन्धिखर्क नगरपालिकाको मेयरमा यमुना भुषाल तथा उपमेयरमा टोपबहादुर बलाल, शीतगंगा नगरपालिकाको मेयरमा यज्ञश्वर गिरी तथा उपमेयरमा पेमी गुरुङ र भूमिस्थान नगरपालिकाको मेयरमा प्रेम बञ्जाडेको नाम सार्वजनिक गरिएको हो ।

त्यस्तै मालारानी गाउँपालिकाको अध्यक्षमा जिन्दक खड्का र उपाध्यक्षमा उषा पुरी थापाको उम्मेदवारी रहने भएको छ । यता पाणिनी गाउँपालिकाको अध्यक्षमा माधव पोखरेल तथा उपाध्यक्षमा लिलावती पाण्डे घिमिरे र छत्रदेव गाउँपालिकाको अध्यक्षमा उज्वल शाहको उमेदवारी रहने संयोजक थापाले जानकारी दिनुभयो ।