कपिलवस्तुको मायादेवी–१ मा नयाँ शक्तिका चौधरी विजयी

१६ असार २०७४

कपिलवस्तु । स्थानीय तहको दोस्रो चरणको बुधबार सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । यसैक्रममा कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ मा नयाँ शक्तिका उम्मेदवार हरगोविन्द चौधरी आफ्नो सम्पूर्ण प्यानलसहित विजयी हुनुभएको छ ।

कपिलवस्तुमा नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो । नयाँ शक्तिका जिल्ला संयोजक नारायण खनालका अनुसार मायादेवी गाउँपालिकाको वडा नं. १ मा नयाँ शक्तिको सिंगो प्यानल नै विजयी भएको हो ।