बाँकेको नरैनापुर वडा नं. १ र २ मा नयाँ शक्ति–फोरम गठबन्धन विजयी

१६ असार २०७४

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं. १ र २ मा नयाँ शक्ति र संघीय समाजवादी फोरम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

वडा नं. १ मा संघीय समाजवादी फोरमबाट अध्यक्ष मोल्हे बेहना शेषसहित प्यानल नै गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । यसैगरी वडा नं. २ मा फोरमका मसूद अहमद शाहसहित गठबन्धनबाट पूरै प्यानल विजयी भएको हो ।