नवलपरासीको रामग्राम–४ मा नयाँ शक्ति–फोरम गठबन्धनको प्यानल नै विजयी

१६ असार २०७४

नवलपरासी । नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं. ४ मा तीन पार्टीको संयुक्त गठबन्धन विजयी भएको छ ।

नयाँ शक्ति, फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले त्यहाँ गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए । उक्त वडामा मदन यादव नेतृत्वको पूरै प्यानलले विजयी बनेको हो ।

यादव लोकतान्त्रिक फोरमबाट उम्मेदवार हुनुहुन्छ भने सदस्यहरुमा नयाँ शक्ति र संघीय समाजवादी फोरमका उम्मेदवारहरु विजयी हुनुभएको छ ।