धनकुटा नगरपालिका-३ मा नयाँ शक्तिका घिमिरे विजयी

१६ असार २०७४

धनकुटा । धनकुटा नगरपालिका-३ को वडा अध्यक्ष पदमा नयाँ शक्तिका उम्मेदवार विकास घिमिरे विजयी भएका छन् ।

राष्ट्रिय युवा अभियानका केन्द्रीय सदस्य रहेका घिमिरेले पुराना शक्तिहरुको बर्चश्वलाई चिर्दै विजयी हुन सफल हुनुभएको नयाँ शक्ति पार्टी, नेपालका प्रदेश नं. १ संयोजक पासाङ शेर्पाले जानकारी दिनुभयो ।