कपिलवस्तुको यशोधरा-५ मा नयाँ शक्तिको प्यानलै विजयी

१७ असार २०७४

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नं. ५ मा नयाँ शक्ति पार्टी, नेपालको प्यानलनै विजयी भएको छ ।

उक्त वडामा नयाँ शक्तिका लइस पठान नेतृत्वको पूरै प्यानल विजयी भएको नयाँ शक्ति कपिलवस्तुका संयोजक नारायण खनालले जानकारी दिनुभयो । निर्वाचित सदस्यहरुमा अजय कुमार मिश्र, मुनिश्वर यादव, बिना नाउ र सावित्री रैदास रहनु भएको छ ।