नयाँ शक्तिले बोलायो केन्द्रीय समिति र संघीय परिषदको बैठक

२२ असार २०७४

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले केन्द्रीय कार्यकारी समिति र संघीय परिषदको बैठक बोलाएको छ । बुधबार बसेको नयाँ शक्ति पार्टी, नेपालको राजनीतिक समितिको बैठकले आगामी साउन ९ र १० गते केन्द्रीय कार्यकारी समितिको बैठक काठमाडौंमा बस्ने निर्णय गरेको हो । त्यसैगरी संघीय परिषदको बैठक काठमाडौंमै साउन ११ र १२ गते बस्नेछ ।

बैठकमा पार्टी स्थापना घोषणा पश्चातको एक वर्षको समीक्षा, पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनको समीक्षा तथा आगामी कार्ययोजनाका बारेमा छलफल र निर्णय हुनेछ ।