बाढीपीडितका लागि नयाँ शक्तिको राहत संकलन जारी

३२ साउन, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालले बाढीपीडितहरुको सहयोगार्थ सहयोग संकलन कार्यलाई जारी राखेको छ । पार्टीले आर्थिक सहयोगका लागि आन्तरिक रुपमा सबै पार्टी कमिटीहरुलाई अनुरोध गरेको छ । बाढी तथा प्राकृतिक प्रकोप पीडितहरुका लागि स्वदेश तथा विदेशमा रहेका नयाँ शक्ति अभियन्ताहरुले सहयोग गर्ने क्रम जारी रहेको नयाँ शक्तिले जनाएको छ ।

सो क्रममा बुधबार पार्टीको केन्द्रीय कार्यालयको संयोजनमा एक लाख ५८ हजार ५ सय रुपैंया संकलन भएको छ । यसअघि पहिलो चरणमा बाढी पीडितका लागि सहयोग स्वरुप संकलित भएको चार लाख वितरणको लागि पठाइसकिएको र अब केही दिनमा संकलित हुने सहयोग पनि जिल्लामा पठाइने पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन समितिका संयोजक गंगा नारायण श्रेष्ठले बताउनुभयो ।

संकलित रकमले खाद्यान्न लगायतका अत्यावश्यक सामान खरिद गरी पार्टीको जिल्ला संयन्त्रको समन्वयमा छिट्टै बाढी प्रभावित जिल्लामा वितरण गरिने कार्यालय संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

बाढी पीडितहरुको सहयोगका लागि साउन ३२ गते संकलित रकमको विवरण ः

१. अन्तर्राष्ट्रिय नेपाली समाज, कतार १,००,०००/-
२. ललितपुर जिल्ला समन्वय समिति १३,०००/-
३. भुमि देवकोटा ५०००/-
४. युराज देवकोटा ५०००/-
५. प्रसान्त सिंह १०,०००/-
६. राम तामाङ १,०००/-
७. डम्बर खतिवडा २,०००/-
८. इसुजंग कार्की १०,०००/-
९. विरेन्द्र पोख्रेल ५,०००/-
१०. लक्ष्मि लामिछाने २,०००/-
११. कमला गुरुङ २,०००/-
१२. १ नं. सम्पर्क संयन्त्र ३,५००/-