बाढीपीडितलाई सहयोग गर्दै नयाँ शक्ति

१ भदौ, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालले सप्तरीका बाढीपीडितलाई राहत वितरण गरेको छ । बिहीबार जिल्लाको बाढी प्रभावित छिन्नमस्ता गाउँपालिका वडा नं. ६ को कपही र कोचाबखारी गाउँमा नयाँ शक्तिले बाढीपीडितलाई राहत सामग्री वितरण गरेको हो ।

राहत वितरणका लागि जिल्ला पुगेको नयाँ शक्ति पार्टीका नेताहरु हिसिला यमी, राम रिझन यादव, ऋषवदेव भट्टराई, डा. सुरेन्द्र यादवलगायतको टोलीले गाउँमा ८० बोरा चामल, साबुन, सरफ, नुनलगायतका अत्यावश्यक सामग्री वितरण गरेको हो ।

यसैगरी नयाँ शक्ति पार्टी, नेपालले बाढीपीडितहरुको सहयोगार्थ पार्टीका अभियन्ता तथा शुभचिन्तकहरुबाट आर्थिक सहयोग जुटाइरहेको छ । यसअघि पार्टीले बाढी पीडितहरुलाई राहत वितरण गर्नका लागि आफ्ना पार्टी कमिटीहरुमा आर्थिक सहयोगको अपिल जारी गरेको थियो । सोही अनुसार देश विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

सो क्रममा बिहीबार एक लाख ७३ हजार नगद संकलन भएको छ । त्यस्तै पीडितहरुका लागि लत्ताकपडालगायत अन्य जिन्सी सामानहरु पनि संकलन भइरहेको नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन समितिका संयोजक गंगा नारायण श्रेष्ठले बताउनुभयो ।

संकलित रकमबाट खाद्यान्न, लत्ताकपडालगायतका अत्यावश्यक सरसामान खरिद गर्ने र सरकारी संयन्त्रसँग समन्वय गरी स्थानीय पार्टी कमिटीमार्फत पीडितहरुलाई वितरण गरिने राहत संकलन कार्यमा सक्रिय कार्यालय संयोजक श्रेष्ठले बताउनुभयो ।

बाढी पीडितहरुको सहयोगका लागि भदौ १ गते संकलित रकमको विवरण ः

१. अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायत रु. १,००,०००
२. नेपाल पर्यटन परिषद् रु. ६६,५००
३. पुरुषोत्तम मिश्र रु. ५,०००
४. प्रविण सुेदी रु. १,५००