बाढीपीडितका लागि सहयोग जुटाउँदै नयाँ शक्ति

२ भदौ, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालले बाढीपीडितका लागि सहयोग संकलन जारी राखेको छ । पार्टीले केन्द्रीय कार्यालयको पहलमा पार्टीका अभियन्ता तथा शुभचिन्तकहरुबाट सहयोग संकलनलाई जारी राखेको हो ।

सहयोग संकलनकै क्रममा शुक्रबार ५० हजार ४१५ रुपैंया नगद र लत्ताकपडालगायतका जिन्सी सामान संकलन भएको नयाँ शक्तिले जनाएको छ ।

संकलित रकमबाट खाद्यान्न, लत्ताकपडालगायतका अत्यावश्यक सरसामान खरिद गर्ने र सरकारी संयन्त्रसँग समन्वय गरी स्थानीय पार्टी कमिटीमार्फत पीडितहरुलाई वितरण गरिने राहत संकलन कार्यमा सक्रिय कार्यालय संयोजक गंगा नारायण श्रेष्ठले बताउनुभयो ।

यसैबिच नयाँ शक्तिले शुक्रबार रौतहट जिल्लाका विभिन्न गाउँका बाढीपीडितहरुलाई राहत वितरण गर्दैछ । यसअघि बिहीबार नयाँ शक्तिले सप्तरीमा राहत वितरण गरेको थियो ।

बाढी पीडितहरुको सहयोगका लागि भदौ २ गते संकलित रकमको विवरण ः

१. नयाँ शक्ति काठमाडौं जिल्ला परिषद् रु. ४०,४१५/-
२. भीमलाल तामाङ रु. १०,०००/- सहित १६४ थान महिला तथा बालबालिकाका लागि लत्ताकपडा
३. नेपाल पर्यटन परिषद् ५८ थान ब्ल्यांकेट तथा ९ थान ज्याकेट