नयाँ शक्ति पार्टीमा नयाँ कार्यविभाजन

६ भदौ २०७४

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालमा नयाँ कार्यविभाजन गरिएको छ । सोमबार काठमाडौंमा बसेको नयाँ शक्ति पार्टी, नेपालको प्रथम महाधिवेशन आयोजक समितिको विस्तारित बैठकले प्रदेशको नेतृत्व र केही विभागको नेतृत्वका बारेमा निर्णय गरेको हो । साथै साउन ११–१३ सम्म बसेको संघीय परिषदको बैठकले तत्कालीन केन्द्रीय कार्यकारी समिति विघटन गरेपछि गठित महाधिवेशन आयोजक समिति अन्तरगत तीन वटा समान हैसियतका अंगहरु: केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र संरक्षक परिषद् हुने निर्णय पनि बैठकले गरेको छ । तीन वटै अंगको संयोजक पार्टी संयोजक नै हुनुहुनेछ । बैठकले तीनवटै अंगमा सदस्यहरु चयन पनि गरेको छ ।

बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार भदौ १० र ११ गते २ नं. प्रदेशको जनकपुरमा, १२ र १३ गते ३ नं. प्रदेशको काठमाडौंमा, १५ र १६ गते ४ नं. प्रदेशको पोखरामा, १८ र १९ गते ५ नं. प्रदेशको बुटवलमा, २१ र २२ गते ७ नं. प्रदेशको धनगढीमा, २४ र २५ गते ६ नं. प्रदेशमा र २८ र २९ गते १ नं. प्रदेशको धरानमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । साथै असोज २ मा हुने २ नं. प्रदेशको स्थानीय निर्वाचनका लागि रामरिझन यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि भएको छ ।

नयाँ कार्यविभाजन निम्नानुसार भएको छ:

१. प्रदेशको कार्यविभाजन

प्रदेश                   इञ्चार्ज                           संयोजक
प्रदेश नं. १             परशुराम खापुङ                राजेन्द्र किराँती
प्रदेश नं. २            अरविन्द साह                    डा. सुरेन्द्र यादव
प्रदेश नं. ३            हिसिला यमी                     सोनामसिं स्याङतान
प्रदेश नं. ४            देवेन्द्र पराजुली                  रुद्र गुरुङ
प्रदेश नं. ५            नवराज सुवेदी                   दानबहादुर चौधरी
प्रदेश नं. ६            भक्तबहादुर शाह                शरुण वाठा मगर
प्रदेश नं. ७            भीमबहादुर कडायत            कृष्णकुमार चौधरी
प्रवास                  जनक शाह

२. विभाग/समिति/संयन्त्र/आयोगहरुको कार्यविभाजन

क) केन्द्रीय कार्यालय व्यवस्थापन तथा अनुगमन विभाग
संयोजक – गंगानारायण श्रेष्ठ

ख) सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग
संयोजक – प्रशान्त सिंह
सह–संयोजक – अरुणा रायमाझी

ग) स्रोत परिचालन तथा व्यवस्थापन समिति
संयोजक – नारायणराज पाण्डे
सह–संयोजक – सुनिल खँड्का

घ) राजनीतिक–सामाजिक अभियान परिचालन समिति
संयोजक – प्रेम तामाङ

ङ) प्रशिक्षण विभाग
संयोजक – डम्बर खतिवडा

च) संसदीय मामिला तथा सत्ता समन्वय विभाग
संयोजक – केशव दाहाल
सह–संयोजक – डा. मुक्ति रिजाल

बाँकी विभाग, समिति, संयन्त्र, आयोगहरुको कार्यविभाजन संयोजकले अन्य नेताहरुसँगको परामर्शमा तय गर्नुहुनेछ ।