बाढी पीडितका लागि नयाँ शक्तिको राहत संकलन र वितरण जारी

७ भदौ २०७४

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले बाढीपीडितका लागि राहत संकलन तथा वितरण कार्यलाई जारी राखेको छ । नयाँ शक्ति पार्टी, नेपाल केन्द्रीय कार्यालयले राहत वितरणका लागि थप थप दुई लाख ५० हजार रुपैयाँ पठाएको केन्द्रीय कार्यालय व्यवस्थापन तथा अनुगमन विभागका संयोजक गंगा श्रेष्ठले जानकारी दिनुभयो । यसअघि संकलित चार लाख दश रुपैयाँ रकमले सप्तरी र रौतहटमा खाद्यान्न, लत्ताकपडा आदि वितरण गरिएको थियो ।

केन्द्रीय कार्यालयले मंगलबार १ नं. प्रदेश संयोजक राजेन्द्रकुमार किराँतीलाई झापा, मोरङ र सुनसरीमा राहत वितरणका लागि एक लाख ५० हजार, ५ नं. प्रदेश इन्चार्ज नवराज सुवेदीलाई बर्दियामा राहत वितरणका लागि ५० हजार र ७ नं. प्रदेश संयोजक कृष्णकुमार चौधरीलाई कैलालीमा राहत वितरणका लागि ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

राहत वितरणका लागि निम्नानुसार रकम संकलन भएको थियो:

१. अन्तर्राष्ट्रिय नेपाली समाज, अष्ट्रेलिया – १८,३००/–
२. अन्तर्राष्ट्रिय नेपाली समाज, युएई – १,००,०००/–
३. अन्तर्राष्ट्रिय नेपाली समाज, मकाऊ – ३८,५८२/–
४. अन्तर्राष्ट्रिय नेपाली समाज, दक्षिण कोरिया – २,११,९५५/–
५. महिला टोल सुधार समिति, बुढानीलकण्ठ – ११,७३१/–

यसअघि संकलित रकमको विवरण यसअघि नै सार्वजनिक गरिएको छ । राहत संकलन र वितरण कार्य यसपछि पनि जारी रहनेछ । थप संकलित रकमसहित अर्को चरणमा वितरण गरिनेछ ।