बाढीपीडितका लागि थप राहत संकलन

९ भदौ २०७४

काठमाडौं । बाढीपीडितका लागि थप राहत रकम संकलन भएको छ । थप राहत रकम स्वरुप अन्तर्राष्ट्रिय नेपाली समाज, कुवेतले ९०,००० रुपैयाँ रकम नयाँ शक्ति केन्द्रीय कार्यालयलाई दिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय नेपाली समाज, मलेसियाले ६१,७०० रुपैयाँ र अन्तर्राष्ट्रिय नेपाली समाज, पोर्चुगलले ५०,००० रुपैयाँ केन्द्रीय कार्यालयलाई दिएको केन्द्रीय कार्यालय व्यवस्थापन तथा अनुगमन विभागका संयोजक गंगा श्रेष्ठले जानकारी दिनुभयो ।

संकलित रकम राहत वितरणका लागि बाढी प्रभावित क्षेत्रमा पठाइनेछ । यसअघि संकलित रकम मध्येबाट सप्तरी, रौतहट, झापा, मोरङ, सुनसरी, बर्दिया र कैलालीमा कूल छ लाख ६० हजार रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा लगायत राहत सामग्री वितरण गरिएको थियो ।

०००