सिरहामा नयाँ शक्तिको ‘रोड शो’

२८ भदौ, २०७४

सिरहा – नयाँ शक्ति पार्टीले सिरहा जिल्लाको सिरहा नगरपालिकामा बुधबार ‘रोड शो’ सम्पन्न गरेको छ । नयाँ शक्तिले चुनावी प्रचार अभियानलाई तीव्र बनाउँदै सिरहामा रोड शो सम्पन्न गरेको हो ।

रोड शोमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, संसदीय दलका नेता गंगा चौधरी, सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धर, २ नं. प्रदेशको निर्वाचन परिचालन समितिका संयोजक रामरिझन यादव, नयाँ शक्ति पार्टीको तर्फबाट सिरहा नगरपालिका प्रमुख पदका उम्मेदवार डा. दिलीप सदा, उपप्रमुख उम्मेदवार मीना खातुन, महाधिवेशन आयोजक समिति सदस्यहरु कमला हेमचुरी, सुनिता मरिक, मनिकर कार्की, सिरहा नगरपालिकाका विभिन्न वडाका अन्य उम्मेदवारहरु, स्थानीय अभियन्ता तथा समर्थकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

जुलुससहितको जनप्रदर्शन सिरहा नगरपालिकाको बजार क्षेत्रबाट सुरु भई नगरका विभिन्न क्षेत्रहरुको परिक्रमा गरी रमौलमा गई टुंगिएको थियो ।

हेर्नुहोस् रोड शोका तस्बिरहरुः