सप्तरीको छिन्नमस्तामा नयाँ शक्तिका सूर्य नारायण मण्डल अत्यधिक मतले विजयी

७ असोज, २०७४

सप्तरी – सप्तरी जिल्लास्थित छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा नयाँ शक्ति पार्टीका सूर्य नारायण मण्डल (कुरुड) अत्याधिक मतले विजयी हुनु भएको छ ।

शनिबार बिहान सावर्जनिक भएको मत परिणाम अनुसार नयाँ शक्तिका मण्डलले २ हजार ८ सय ५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्धन्दी राष्टिय जनता पार्टीका बिमल देवी यादवले १ हजार ३ सय ८५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडा नं. २ मा नयाँ शक्ति पार्टीकै चुनचुन साहको प्यानल विजयी भएको छ । वडा अध्यक्ष साह ३ सय ५० मत ल्याई विजयी हुनु भएको छ भने महिला सदस्यमा सारदा देवी सदा, दलित महिला सदस्यमा जिता देवी एवं वडा सदस्यहरुमा लालदेव यादव र रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ ।

सोही गाउँपालिका वडा नं. ६ मा पनि नयाँ शक्तिका विरेन्द्र प्रसाद साहको प्यानल विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार विरेन्द्र प्रसाद साहले ४ सय ४३ मत ल्याई विजयी हुनु भएको हो । त्यस्तै महिला सदस्य पदमा दुलारी देवी साह, दलित महिला सदस्य फुलोदेवी खत्वौनी एवं सदस्यहरुमा योगेन्द्र प्रसाद मुखिया र जयदेव सदा निर्वाचित हुनुभएको छ ।

विजयी पश्चात् नयाँ शक्तिले शनिवार नै विजयी जुलुस निकालेर गाउँपालिका परिक्रमा गरेको छ । विजयी जुलुसमा पार्टीका नेता, कार्यकर्ता, समर्थक, सुभचिन्तक र त्यस क्षेत्रका आम नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।