प्रदेश २ मा नयाँ शक्तिको १ गाउँपालिका अध्यक्ष, ५ वडाध्यक्ष सहित २२ जना विजयी

७ असोज २०७४

काठमाडौं । तेस्रो चरणमा भएको प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा हालसम्म नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट एक जना गाउँपालिका अध्यक्ष, पाँच जना वडाध्यक्ष सहित कूल २२ जना विजयी हुनुभएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा सूर्यनारायण मंडल विजयी हुनुभएको छ भने छिन्नमस्ताको २ र ६ नं. वडामा पूरै प्यानल विजयी भएको छ । त्यस्तै रौतहटको माधवनारायण नगरपालिकामा वडा नं. ३ मा वडाध्यक्ष र ९ मा पूरै प्यानल विजयी भएको छ । महोत्तरीको मनरा शिसवा नगरपालिकाको वडा नं. ६ मा पूरै प्यानल विजयी भएको छ ।

विजयीहरुको सूचीः

जिल्ला गापा/नपा पद/वडा नाम मत संख्या
सप्तरी छिन्नमस्ता गापा अध्यक्ष सूर्यनारायण मंडल अमात २८०५
सप्तरी छिन्नमस्ता गापा वडाध्यक्ष/२ चुनचुन साह ३५०
सप्तरी छिन्नमस्ता गापा महिला सदस्य/२ सारदादेवी सदा ३६३
सप्तरी छिन्नमस्ता गापा दलित महिला सदस्य/२ जिता देवी ३७५
सप्तरी छिन्नमस्ता गापा सदस्य/२ लालदेब यादव ३४७
सप्तरी छिन्नमस्ता गापा सदस्य/२ रामचन्द्र मण्डल ३७४
सप्तरी छिन्नमस्ता गापा वडाध्यक्ष/६ वीरेन्द्रप्रसाद साह ४४३
सप्तरी छिन्नमस्ता गापा महिला सदस्य/६ दुलारीदेवी साह ४१५
सप्तरी छिन्नमस्ता गापा दलित महिला सदस्य/६ फूलोदेवी खत्वैनी ४१८
सप्तरी छिन्नमस्ता गापा सदस्य/६ योगेन्द्रप्रसाद मुखिया ३३१
सप्तरी छिन्नमस्ता गापा सदस्य/६ जगदेव सदा ३८८
रौतहट माधवनारायण नपा वडाध्यक्ष/३ राजकुमार राय यादव ३३८
रौतहट माधवनारायण नपा वडाध्यक्ष/९ जगरीत सहनी १८१
रौतहट माधवनारायण नपा महिला सदस्य/९ सुनायनकुमारी सहनी १७८
रौतहट माधवनारायण नपा दलित महिला सदस्य/९ राम पति देवी १८०
रौतहट माधवनारायण नपा सदस्य/९ प्रमिला देवी १७२
रौतहट माधवनारायण नपा सदस्य/९ सुनिल सहनी १५७
महोत्तरी मनरा शिसवा नपा वडाध्यक्ष/६ रामबहादुर साह तेली  
महोत्तरी मनरा शिसवा नपा महिला सदस्य/६ सुशिला देवी  
महोत्तरी मनरा शिसवा नपा दलित महिला सदस्य/६ मंजु देवी  
महोत्तरी मनरा शिसवा नपा सदस्य/६ विनोद राम  
महोत्तरी मनरा शिसवा नपा सदस्य/६ राम श्रेष्‍ठ सहनी