गोरखाबाट नयाँ शक्तिका हरिशरण आचार्य विजयी

२३ मंसिर २०७४

गोरखा । गोरखा क्षेत्र नं. २ को प्रदेश ‘क’मा नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्य विजयी हुनुभएको छ । 


आचार्य १५ हजार ३ सय ४३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कमला नहर्कीले १२ हजार ६५ मत प्राप्त गर्नुभयो ।


झण्डै दुई दशकअघिदेखि माओवादी आन्दोलनमा सक्रिय सहभागी आचार्य नयाँ शक्तिका संस्थापक सदस्य हुनुहुन्छ । डा. भट्टराईले नयाँ शक्तिको बहस सुरु गर्नुभएपछि नै उहाँ निरन्तर नयाँ शक्तिमा सक्रिय हुनुहुन्छ ।