नयाँ शक्तिको संघीय परिषद बैठक सुरु हुँदै

९ फागुन २०७४

कपिलवस्तु, ९ फागुन । नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषदको बिस्तारित बैठक लुम्बिनीमा सुरु हुँदैछ ।

मंगलबारको नेपाल बन्दको कारण देशभरीबाट बैठकमा सहभागीहरु समयमा बैठकमा उपस्थित हुन नसकेकोले बैठकको उद्घाटन ढिला हुन लागेको हो । संघीय परिषदको बिस्तारित बैठक १२ गते १२ बजेसम्म चल्ने नयाँ शक्तिका केन्द्रीय कार्यालय संयोजक गंगा श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा स्वदेश तथा प्रवासबाट ८०० प्रतिनिधिहरु सहभागी हुने श्रेष्ठले जानकारी दिनुभयो । साढे १ बजे उद्घाटन हुने संघीय परिषदको बिस्तारित बैठकले विभिन्न निर्णयहरु गर्दै महाधिवेशनको मिति तय गर्नेछ । 'बैठकले स‌ंगठनात्मक पुनर्संचरना गर्छ, थप वैचारिक स्पष्टता हासिल गर्दछ र पाँच वर्षको लागि कार्ययोजना तय गर्छ,' श्रेष्ठले बताउनुभयो ।