नयाँ शक्ति पार्टीको प्रदेश ५ को बैठक सम्पन्न

१४ चैत, २०७४

नेपालगञ्ज – नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५ को बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । बैठकले १५१ सदस्यीय प्रदेश परिषद् गठन गर्नुका साथै कार्यकारी समिति, विज्ञ परिषद् र संरक्षक परिषद रहने गरी १०१ सदस्यीय प्रदेश अधिवेशन आयोजक समितिसमेत गठन गरेको छ । नेपालगञ्जमा मंगलबार सम्पन्न बैठकले प्रदेश ईन्चार्ज, संयोजक, कार्यालय प्रमुख, जिल्ला ईन्चार्जहरु, प्रवक्तालगायत केन्द्रीय कार्यकारी सदस्यहरु रहने गरी २१ सदस्यीय प्रदेश सचिवालय गठन गरेको छ ।

त्यस्तै बैठकले प्रदेश ५ अन्तर्गतका विभिन्न जिल्लाहरुको ईन्चार्ज चयन गरेको छ । जस अनुसार नवलपरासीमा जिल्ला ईन्चार्ज चिनक कुर्मी, पाल्पामा यज्ञ पोखरेल, कपिलवस्तुमा नारायण खनाल, प्यूठानमा जिएस गुरुङ, पूर्वी रुकुम राखीराम घर्ती, दाङमा हरि रिजाल, बाँकेमा हिक्मत विक र बर्दियाको जिल्ला ईन्चार्जको जिम्मेवारी केशव पौडेललाई दिइएको छ । त्यस्तै रुपन्देही, गुल्मी, अर्घाखाँची लगायतका बाँकी जिल्लाहरुमा जिल्ला ईन्चार्ज पछि तोकिनेछ ।

बैठकले पार्टीका गतिविधिहरुलाई व्यस्थित ढंगले संचालन गर्न र संगठन विस्तारका लागि विभिन्न विभागहरु गठन गरेको छ । पार्टीको आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन विभाग प्रमुखमा छन्द बहादुर पन्थी, प्रवक्ता/प्रचार/प्रशिक्षण विभाग प्रमुखमा मनिकर कार्की, अनुशासन/मूल्याङ्कन/अनुशासन एवं सदाचार विभाग प्रमुखमा विष्णुहरी शर्मा, राष्ट्रिय मामिला विभागमा बोम दर्लामी, आंगिक संगठन विभागमा विमल गिरी, विज्ञ परिषद् संयोजकमा केशव नेपाली, उत्पादन तथा स्वरोजगार विभागमा हरि रिजाल, कार्यालय प्रमुखमा कमल खनाललाई चयन गरेको छ ।


त्यसैगरी पार्टीका आंगिक तथा पेशागत संगठनहरुको ईन्चार्ज पनि बैठकले तोकेको छ । महिला शक्तिमा सुनिता काफ्ले, युवामा विपिन पौडेल, मजदुरमा ज्ञानेन्द्र थापा, दलितमा बुद्ध सुनार, स्वास्थ्यकर्मीमा युवराज अमगाईं, सञ्चारकर्मीमा टीआर शर्मालाई ईन्चार्जको जिम्मेवारी तोकेको छ ।

त्यसैगरी नयाँ शक्तिले सरकारलाई खबरदारी गर्ने तथा आम नागरिकका समस्याहरुलाई सहज ढंगले समाधान गर्ने उद्देश्यका साथ वैकल्पिक सरकार गठनको अवधारणा ल्याए अनुरुप प्रदेश ५ मा पनि वैकल्पिक सरकार गठन गरेको छ ।

बैठकले वैकल्पिक सरकार प्रमुखमा कर्णध्वज केसीलाई चयन गरेको छ । त्यस्तै बैठकले केही सत्तासँग सम्बन्धित विभागहरु पनि गठन गरेको छ । जसमध्ये आन्तरिक मामिला तथा कानून विभाग प्रमुखमा चिनक कुर्मी, भूमि व्यवस्था तथा कृषि सहकारी विभागमा राजु नेपाली, उद्योग पर्यटन तथा वातावरण विभागमा वेद प्रकाश आचार्य, सामाजिक विकास विभागमा सिमा विक एवं भौतिक पूर्वाधार विकास विभागमा राम लौटन तिवारीलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पार्टी विचार, संगठन र व्यवस्थापनको संयोजनबाट निर्माण हुने बताउँदै वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि चुनौतिको सामना गरेरै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नयाँ शक्ति पार्टी सरकारी कोषबाट तलबभत्ता खाने कर्मचारीहरुको दलगत टे«ड युनियनको पक्षमा नरहेको स्पष्ट पार्दै पार्टी एकल आधिकारिक टे«ड युनियनकै पक्षमा रहेको बताउनुभयो ।