काठमाडौं जिल्ला समितिको विस्तारित बैठक सम्पन्न

१५ चैत २०७४

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको काठमाडौं जिल्ला समितिको विस्तारित बैठक आज पार्टी संयोजक बाबुराम भट्टराईको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।

बैठकले विभिन्न विभागहरूको निर्माण; वैकल्पिक सरकारको कार्ययोजना तय गर्न, काठमाडौंवासीले दिनदिनै झेल्नुपर्ने समस्याहरू र सामाजिक मुद्दाहरूलाई सशक्त रूपले सम्बोधन गर्न छुट्टै संयन्त्र निर्माण लगायतका निर्णयहरु गरेको छ । बैठकले काठमाडौं जिल्ला अन्तरगतको महानगरपालिका र १० वटै नगरपालिकाहरूको संयोजक, १० वटै निर्वाचन क्षेत्रको संयोजक, विभिन्न विभागहरुको प्रमुखहरुको चयन पनि गरेको छ ।

जसअनुसार काठमाडौं महानगरपालिकाको संयोजकमा शोभा बज्राचार्य, गोकर्णेश्वर नगरपालिका संयोजकमा मानबहादुर लामा, चन्द्रागिरी नगरपालिका संयोजकमा रामकुमारी महर्जन, किर्तिपुर नगरपालिका संयोजकमा सुनिता शाक्य, तारकेश्वर नगरपालिका संयोजकमा मानबहादुर महर्जन, बुढानीलकण्ठ नगरपालिका संयोजकमा सत्यनारायण अधिकारीलाई चयन गरिएको छ । त्यस्तै शंकरापुर नगरपालिकामा माधव श्रेष्ठ, कागेश्वरी-मनहरा नगरपालिकामा विश्वनाथ केसी, टोखा नगरपालिकामा बसन्त श्रेष्ठ, नागार्जुन नगरपालिकामा हरिकृष्ण लामालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

निर्वाचन क्षेत्रका संयोजकको जिम्मेवारी क्षेत्र नं. १ किशोर हुमागाईं, क्षेत्र नं. २ विश्वनाथ केसी, क्षेत्र नं. ३ मानबहादुर लामा, क्षेत्र नं. ४ टीआर सिवाकोटी, क्षेत्र नं. ५ रहरबहादुर खड्का, क्षेत्र नं. ६ वासु फुयाल, क्षेत्र नं. ७ राजेन्द्र अर्याल, क्षेत्र नं. ८ अनुपसिंह सुवाल, क्षेत्र नं. ९ सिर्जना सुवेदी र क्षेत्र नं. १० ध्रुव महर्जनलाई दिइएको छ । बैठकले जिल्ला समितिको सचिवालय पनि गठन गरेको छ ।

वैठकको अध्यक्षता काठमाडौं जिल्ला समिति संयोजक मानुषी यमी भट्टराईले गर्नुभएको थियो । वैठकमा डम्बर खतिवडा, केशवमान शाक्य, हिसिला यमी, गंगा श्रेष्ठ, कल्पना धमला लगायतको विशेष उपस्थिति थियो ।