महंगी घटाउन र युवालाई रोजगारी माग गर्दै राष्ट्रिय युवा अभियानद्वारा माइतीघरमा धर्ना (तस्बिरहरु)

७ जेठ २०७५

काठमाडौं । नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानले सरकारले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन् । 

सोमबार अपराह्न ४ बजे माइतीघर मण्डलामा युवा अभियानले धर्ना कार्यक्रम आयोजना गरेको हो । धर्ना कार्यक्रममा युवाहरुले 'प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था गर', 'पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि खारेज गर', बेरोजगारलाई रोजगार दे', 'शिक्षा, स्वास्थ्य र सार्वजनिक क्षेत्रमा गरिएको नीतिगत भष्ट्राचार अन्त्य गर', 'विदेशमा रहेका नेपालीलाई भोट हाल्ने अधिकार दे', अरुण तेस्रो सम्झौता धोका हो', 'महंगी नियन्त्रण गर' लगायतका नारासहित धर्ना दिएको अभियानका दिएका थिए । 

धर्ना पछि कोणसभालाई सम्बोधन गर्दै नयाँ शक्ति विद्यार्थी युनियनका उपाध्यक्ष जितेन्द्र महराले सरकारले अरुण तेस्रोको भारतसँग भएको सम्झौता लुकाउनु रहस्यमय भएको भन्दै नागरिकका सामू तत्काल अरुण सम्झौता सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले भूकम्पबाट प्रताडित नेपालीलाई मूल्य वृद्धि गरेर चोटमाथि चोट थपिएको भन्दै सरकारसँग मूल्य वृद्धि रोक्न माग गर्नुभयो । 

महराले आउँदो बजेटबाट युवालाई रोजगारी दिने, स्वरोजगारलाई प्रबर्द्धन गर्ने र बेरोजगार युवालाई भत्ता दिन माग गर्नुभयो ।