समाजवादी किसान महासंघमा ढकाल

१६ असार २०७५

गोरखा । नयाँ शक्ति निकट किसानहरुको संगठन नेपाल समाजवादी किसान महासंघले नयाँ नेतृत्व चयन गरेको छ ।

असार १५ गते धान दिवसको अवसरमा गोरखामा आयोजित बैठकले विपिन चन्द्र ढकाललाई महासंघको केन्द्रीय संयोजक चयन गरेको हो । बैठकले प्रदेश तीनको संयोजकमा विष्णुप्रसाद सापकोटा र प्रदेश नं. ४ को संयोजकमा कृष्ण घिमिरेलाई चयन गरेको छ । 

भेलालाई शुभकामना दिँदै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले कृषिप्रधान देशका किसानलाई राज्यले नै बेवास्ता गरेको भन्दै देशको समृद्धिको लागि कृषि क्षेत्रको विकासको विकल्प नरहेकोमा जोड दिनुभयो ।