नयाँ शक्ति गोरखाको संयोजकमा पूर्वसभासद कुमाल

२१ असार २०७५

गोरखा । नयाँ शक्ति पार्टी, गोरखाको संयोजकमा पूर्वसभासद तथा पार्टीका केन्द्रीय कार्यकारी सदस्य ज्ञानेन्द्र कुमाल चयन हुनुभएको छ ।

विहीबार जिल्ला सदरमुकाम गोरखामा बसेको जिल्ला समितिको बैठकबाट कुमाल संयोजकमा चयन भएको निवर्तमान संयोजक रमेश पोखरेलले जानकारी दिनुभयो । पोखरेल युवा शक्ति नेपालको केन्द्रीय अध्यक्षमा चयन हुनुभएपछि उहाँ जिल्ला संयोजकको भूमिकाबाट बिदा लिनुभएको हो ।

जिल्ला संयोजकको जिम्मेवारी पाउनुभएका कुमालले विकास अध्ययनमा काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । उहाँ पूर्वसभासद समेत हुनुहुन्छ।