नयाँ शक्ति गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

३१ भदौ २०७५

गुल्मी । नयाँ शक्ति पार्टी, नेपाल, गुल्मीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । आज जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत नयाँ शक्ति गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।


ज्ञापनपत्र


श्री सम्माननीय प्रधानमन्त्री ज्यू
मार्फत जिल्ला प्रशासन कार्यालय, गुल्मी

विषयः निर्मला बलात्कार/हत्याका दोषीलाई कारवाही सम्बन्धमा .

उपरोक्त सम्बन्धमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना बितिसकेको छ । उक्त घटनामा प्रहरी प्रशासनको अनुसन्धान कार्य पीडित पक्षलाई न्याय दिने गरी निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान हुनुपर्नेमा उल्टै दोषीलाई उन्मुक्ति दिने गरी प्रमाण नष्ट गर्ने कामहरु भएको जगजाहेर नै छ । निर्मलाको बलात्कार र हत्या घटनामा संलग्न दोषीलाई पक्राउ गरेर घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्न र दोषीलाई कानुनी कठघरामा ल्याउन नयां शक्ति पार्टी नेपाल गुल्मी जिल्ला समिति सरकारसंग जोडदार माग गर्दछ । साथै निर्मलाको परिवारलाई न्याय दिनका निम्ति कञ्चनपुर,काठमाडौं लगायत देशका विभिन्न जिल्लामा चलिरहेका आन्दोलनप्रति पनि नयां शक्ति पार्टी गुल्मी जिल्ला समितिले पूर्ण ऐक्यवद्धता जाहेर गर्दछ । सरकारले शान्ति सुरक्षा,सुशासन र सदाचार कायम गर्न इमान्दार पहल गरोस् र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन ठोस योजना बनाउन पनि माग गर्दछौं ।

 

----------------------------
पंकज राई
जिल्ला इन्चार्ज, नयाँ शक्ति पार्टी, नेपाल
गुल्मी


बोधार्थ
श्री जिल्ला समन्वय समितिको कार्यालय, गुल्मी ।