नयाँ शक्ति पार्टीको अर्घाखाँची जिल्ला समन्वय समितिको बैठक सम्पन्न

२२ मंसीर २०७५

अर्घाखाँची । नयाँ शक्ति पार्टीको कार्ययोजना '५ महिना, ५ काम,५ परिणाम' सफल बनाउन योजनाहरु निर्माण निम्ति अर्घाखाँची पार्टी जिल्ला समन्वय समितिको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले निम्न निर्णय गरेको छः

१. पुरानो पार्टी सदस्यता नवीकरण तथा नयाँ वितरण गर्ने ।

२. पार्टी केन्द्रीय कार्यकारी समिति सदस्य तथा जिल्ला इन्चार्ज छन्द बहादुर पन्थीको नेतृत्वमा राजनैतिक संवाद समितिको गठन । गोकर्ण थापा, टोपबहादुर बलाल, जिन्दक खड्का, पुस्करनाथ आचार्य, मनिष सिंह, दिनेस सुनार, रमा आचार्य र लिलावती पाण्डे समितिको सदस्य रहनेछन् ।

३. आर्थिक परिचालन विभाग गठन ।

४. प्रेस सोसाइटीको कार्य समितिको गठन साथै अन्य विभागहरुको गठन । ९ जना रहने गरी प्रेस सोसाइटीको कार्य सम्पादन समितिको गठन गरेको छ । जसमा अध्यक्ष दिनेश सुनार, उपाध्यक्ष सिर्जना विक, सचिव बिष्णुप्रसाद भुसाल (खुबी), कोषाध्यक्ष सन्तोष भुसाल, सहसचिव अन्जना खनाल (रीजाइन), सदस्यहरु पवन आचार्य, भोजराज पौडेल, प्रेम हिताङ्ग र प्रकाश सुनुवारलाइ बैठकले जिम्मेवारी दिएको छ ।

बैठकले अबको ५ महिना जिल्लामा दैनिक गतिविधि बढाउने, सुशासन र पारदर्शिताको बिषयमा विभिन्न कार्य गर्ने र वैकल्पिक शक्तिको अपरिहार्यतालाई स्थापित गर्दै देशमा भएको अपराध, भ्रष्टाचार, कालोबजारी प्रति सुसूचित र खबरदारी गरी अगाडि बढ्नुको साथै बृहत संगठन बिस्तारमा लाग्दै राजनीतिबाट जनताले भोगेको हरेक पीडामा सहयोगीको हस्ती बन्न जनताको घरमा पुग्ने र जनतालाई हरेक प्रश्नको उत्तर दिने कुरामा प्रतिबद्धता जाहेर गरेको छ ।

पार्टी जिल्ला संयोजक गोकर्ण थापाको अध्यक्षता तथा सञ्चालनमा शुभारम्भ भएको बैठकमा पार्टी केन्द्रीय संरक्षक परिषद सदस्य भक्तिप्रसाद आचार्य (राजु नेपाली), खिमबहादुर विश्वकर्मा, पार्टी केन्द्रीय सदस्य छन्दबहादुर पन्थी, टोपबहादुर बलाल, जिन्दक खड्का र पार्टी विभिन्न बिभाग का नेता तथा जिल्ला समन्वय समिति सदस्यहरु: पुस्तकरनाथ आचार्य, मनिष सिंह,रमा आचार्य, महेन्द्र सुनुवार, दिनेश सुनार, बिष्णुप्रसाद भुसाल, महम्मद अली, शारदा आचार्य लगायतका नेताहरुको आतिथ्यताको साथमा दर्जनौं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।