'कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्मै'

२५ मंसिर २०७५

सुनसरी । नयाँ शक्ति पार्टी नेपालका नेताहरुले कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको निष्कर्ष निकाल्नु भएको छ । 

सोमबार पार्टीको सुनसरी जिल्ला समितिको बैठकमा सहभागी नेताहरुले यस्तो निष्कर्ष निकाल्नुभएको हो । बैठक तथा एकदिवसीय प्रशिक्षणलाई सम्बोधन गर्दै नयाँ शक्तिका कार्यालय सदस्य तथा पूर्वमन्त्री परशुराम खापुङले कम्युनिष्ट सरकारले जनतालाई देखाएको रुमानी सपना सडकमा अलपत्र छाडेर भ्रष्टचारमा चुर्लुम्म डुबेको बताउनुभयो ।

प्रशिक्षण विभाग प्रमुख तथा प्रवक्ता डम्बर खतिवडाले नयाँ शक्तिको समृद्धिको नारालाई अन्ध नक्कल गरेको बताउनुभयो । उहाँले दुई तिहाईको सरकार हुँदासम्म देशमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार अन्त्य नहुने बताउनुभयो ।

उहाँले पुराना पार्टीहरुले राणा, पञ्चायत र राजतन्त्र ढालेको भन्दै समृद्धिको अभिभारा पूरा गर्ने अभिभारा नयाँ शक्तिको काँधमा आएको बताउनुभयो । बैठकमा प्रदेश संयोजक प्रभुराम श्रेष्ठ, केन्द्रीय सदस्य एवं प्रदेश १ का प्रवक्ता दलमर्दन कामीलगयातको उपस्थिति थियो ।