प्रेस सोसाइटी प्रदेश २ मा नेपाली

२५ मंसिर २०७५

सिरहा (लहान ) । नेपाल प्रेस सोसाइटीको २ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । भेलाले नबिन नरसिं नेपालिको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको छ । समितिको सहसंयोजक ललन कुमार चौरासिया र सचिव अनिल कुशवाह चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राम बिनय साह ( बारा), राजेश साह (रौतहट ), राम महतो (सर्लाही ), कैलाश श्रीवास्तव (सप्तरी), सरोज यादब (सर्लाही ), आनन्द यादव (सप्तरी), उशा थापा (धनुषा ), जुसि चौधरी (सप्तरी ), महिद्दिन मन्सुरी(सप्तरी), कृष्ण यादव (सप्तरी ), धर्मेन्द्र पासवान(सिरहा), सरोज सन्त (सिरहा) रहनु भएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले नेपाली समाजले लोकतान्त्रिकरणको युगबाट समृद्धिकरणको युगमा कोल्टे फेर्न लागेको भन्दै नयाँ शक्ति यो अभिभारा पूरा गर्ने अभियानमा लागेको बताउनुभयो । प्रेस सोसाइटीका संयोजक रुद्र भट्टले प्रेस सोसाइटीलाई समृद्धिका वाहक पत्रकारहरुको साझा चौतारीको संज्ञा दिँदै यसमा गोलबन्द हुन आह्वान गर्नुभयो । 

सिरहाको लहानमा भएको भेलामा नयाँ शक्ति पार्टी २ नम्बर प्रदेश संयोजक शुशिल यादव, कार्यकारी सदस्यहरु राजेश विद्रोही, लिलाहरी खतिवडा, विभाग सचिव मनोज ढोडारी, सोसाइटीका उपाध्यक्ष केशव अर्याल, ३ नम्बर संयोजक योगेन्द्र प्रताप शाही, प्रचार विभाग २ नम्बर प्रदेश संयोजक मोनिका सिं लगायतले प्रेस सोसाइटी र प्रचारका रणनीतिका बारेमा आ-आफ्ना धारणा राख्नु भएको थियो ।

 

 निर्वाचित संयोजक नेपालि सहितका पदाधिकारीहरुले आ आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेला नबिन नेपालिको अध्यक्षताम भएको थियो ।