नयाँ शक्ति रुपन्देहीको गैडहवा गाउँपालिका संयोजकमा अजम तुल्ला

२९ मंसिर २०७५

बुटबल । नयाँ शक्ति पार्टी, नेपाल रुपन्देहीको गैडहवा गाउँपालिकाको भेलाले अजय तुल्लालाई गाउँपालिकाको संयोजकमा चयन गरेको छ ।

भेलाले अजम तुल्ला भाट संयोजक र मिस्त्री यादव सह-संयोजक रहनुभएको २५ सदस्यीय कमिटी समेत निर्माण गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति प्रदेश नं. ५ का प्रवक्ता तथा केन्द्रीय कार्यसमिति सदस्य मनिकर कार्कीले समृद्धिको नेतृत्व पुराना पार्टीले गर्न नसक्ने पुष्टि भइरहेको भन्दै नयाँ शक्तिको पक्षमा माहौल सिर्जना गर्न आह्वान गर्नुभयो । उहाँले पार्टी केन्द्रको ५ महिना, ५ काम ,५ परिमाण अभियानलाई पूर्णरुपमा सफल बनाउनका लागि पनि गाउँटोलसम्म पार्टी बिस्तार अभियान अगाडि बढाइने बताउनुभयो ।


भेलालाई सम्बोधन गर्दै रुपन्देहीका संयोजक किस्मत विकले देशमा वैकल्पकि शक्ति आवश्यक रहेको बताउनुहुँदै नयाँ शक्ति उक्त आवश्यकता पूर्ति गर्ने दिशामा अगाडि बढेको बताउनुभयो । त्यसैगरी प्रदेश नं. ५ का सचिवालय सदस्य बाेमबहादुर दर्लामीले भेलालाई सम्बाेधन गर्दै आफ्नाे अधिकारकाे लागि आफैं अग्रसर हुनुपर्ने बताउनुभयो ।

भेलामा आर्थिक विभाग प्रमुख नरबहादुर सुनारलगायतको सहभागिता रहेको पार्टीका प्रदेश नं. ५ का प्रचार संयोजक पंकज राईले जानकारी दिनुभयो ।