संयोजक भट्टराईको उपस्थितिमा राष्ट्रिय कार्यशाला गर्दै उत्पादन तथा स्वरोजगार विभाग

२१ पुस २०७५

नयाँ शक्ति पार्टी, नेपालको श्रम, वित्त, उद्योग, उत्पादन तथा स्वरोजगार विभागले योजना छनौट तथा तर्जुमा राष्ट्रिय कार्यशाला आयोजना गरेको छ ।

कार्यशालामा उद्यमशीलतासँग जोडिएका र जोडिन चाहने पार्टीका अभियन्ताहरु उपस्थित हुने विभागका प्रमुख भक्तबहादुर शाहले जानकारी दिनुभयो । 'कार्यशालामा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हामीलाई दिशानिर्देश गर्नुहुनेछ,' शाहले जानकारी दिनुभयो ।

पुस २८ गते चितवनको पर्यटकीय क्षेत्र सौराहामा आयोजना गरिएको कार्यशालामा उद्यमशिलता र स्वरोजगारबारे अभिमुखीकरण गरिने विभागका सदस्य सरोज खरेलले जानकारी दिनुभयो । 

'हामीले समृद्धिको नेतृत्व गर्ने भनिरहेका छौं,' विभागका सदस्य हरि रिजाल भन्नुहुन्छ, 'यसको लागि हाम्रा हरेक अभियन्ता उद्यमशील हुनुपर्छ । कार्यक्रमले यसैको लागि दिशानिर्देश गर्ने विश्वास लिएका छौं ।'

कार्यशालामा सहभागी हुन चाहनेहरुले विभागका सदस्यहरु सरोज खरेललाई ९८५५०८१७५५ र हरि रिजाललाई ९८५७८२०४९१ मा सम्पर्क गर्न प्रमुख शाहले अनुरोध गर्नुभएको छ ।