बारा र पर्सामा आँधीहुरीबाट भएको धनजनको क्षतिबारे नयाँ शक्तिको शोक वक्तव्य

१८ चैत २०७५

हिजो मिति २०७५/१२/१७ साँझ गएको भीषण हावाहुरीले प्रदेश नं २ का विशेषतः बारा र पर्सा जिल्लामा भएको धनजनको क्षतीले हाम्रो पार्टीलाई दुःखी र मर्माहत बनाएको छ ।

 

२७ जनाको मृत्यु र ५०० बढी घाईते हुने गरी भएको घट्ना गम्भीर राष्ट्रिय विपत्ती हो । विपत्ती र शोकको यस घडीमा हाम्रो पार्टी यसको सामना गर्न सबैको साथसाथ रहेको छ । साथै

मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा आफन्तजनहरुमा समवेदना प्रकट गर्दछ । घाईतेहरुको उद्धार र उपचारमा तदारुकतापूर्वक सहयोग पुर्याउन सम्वद्ध सबै निकायलाई अनुरोध र आह्वान गर्दछ ।

यस कार्यमा अग्रसर रहन नयाँ शक्ति पार्टी, नेपालका सम्पूर्ण अभियन्ता तथा कमिटीहरुलाई निर्देशन समेत गरिन्छ । मृतकका परिवारलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घाईतेहरुको निशुल्क उपचार गर्न संघीय तथा प्रादेशिक सरकारसँग माग गर्दछ ।


प्रशान्त सिंह                                                    डम्बर खतिवडा
प्रवक्ता                                                              प्रवक्ता

 


डाउनलोड