संस्थापक नेता तथा संरक्षक रानाप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली

६ वैशाख २०७६

नेता राना बिरामी रहेको बेला भेटघाट गर्नुहुँदै संयोजक डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी पार्टी, नेपालले पार्टीका संघीय संरक्षक परिषद् सदस्य पदम रानाप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको छ ।

वैशाख २ गते असामयिक निधन भएका रानाको वैशाख ३ गते स्याङ्जाको सेतीदोभानमा अन्त्यष्टि गरिएको थियो । रानाप्रति पार्टीका स्याङ्जा संयोजक टिकाराम रेग्मीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । श्रद्धाञ्जली दिँदै पार्टीका नेताहरुले रानाले नेपाली राजनीतिक आन्दोलनमा खेल्नुभएको भूमिका र उहाँको उदाहरणीय जीवनबारे चर्चा गर्नुभएको थियो ।


रानाप्रति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 'म दिल्लीमा पढ्दा र वहाँ फरिदावादमा मजदूरी गर्दादेखिका आत्मीय मित्र तथा नयाँ शक्तिका संघीय संरक्षक परिषद सदस्य स्याङ्जाबासी पदम रानाको दु:खद निधनले मर्माहत भएको छु,' उहाँले ट्वीट गर्दै भन्नुभएको छ, 'वहाँ जस्तो इमान्दार र श्रमिकवर्गप्रति निष्ठावान मान्छे विरलै हुन्छन्हा । र्दिक श्रद्धान्जली र परिवारजनमा गहीरो समवेदना ।'

नयाँ शक्तिका केन्द्रीय कार्यालय सचिव मोती रिजालले पनि एक शोक सन्देश जारी गर्दै रानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 'भारतमा कार्यरत श्रमजिवी नेपालीहरुको संगठन अखिल भारत नेपाली एकता समाजका संस्थापक महासचिव एवम् भूमिगत नेपाल कङ्गयुिनष्ट पार्टीको विभिन्न तहको नेतृत्व सम्हाल्दै आउनुभएको थियो,' वक्तव्यमा भनिएको छ, 'नेपाल चेलीबेटी बेचिबखनको विरुद्धमा आवाज उठाउने वहाँ जस्तो एक देशभक्त, अत्यन्त इमान्दार र निष्ठावान अभिभावक गुमाउनु पर्दा हामीलाई अत्यन्त दुःखानुभूति भएको छ । हामी वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछौं ।'