वक्तव्य - २०७३ जेठ २४

२४ जेठ २०७३

वक्तव्य

नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभा नजिकिँदै गर्दा देशैभरी भिन्न माहोल खडा भएको छ । नयाँ शक्ति नेपालप्रतिको जनताको वढ्दो आकर्षण र उर्लंदो जनलहरवाट आतंकित भै उक्त माहोललाई अवरुद्ध गर्न पुराना शक्तिहरु र पुराना शक्ति सम्मिलित गठवन्धन सरकार हात धोएर लागेका खवरहरु पनि प्राप्त भएका छन् । यसै क्रममा नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा सप्तरी जिल्लाका अन्तरिम जिल्ला परिषद संयोजक अरुण साहलाई यही जेठ २३ गते गिरफ्तार गरिएको छ । उक्त घटनाले हामीलाई स्तव्ध वनाएको छ । गिरफ्तार गर्ने प्रहरीका अनुसार द्धन्दकालका मुद्दाको वाहाना वनाएको कुरा पनि वुझिन आएको छ ।

विगतको सशस्त्र द्धन्दका वखतका घटनाहरुको छानविनकालागि विस्तृत शान्ति सम्झौता वमोजिम गठित सत्य निरुपण तथा मेल मिलाप आयोग गठन भै सोही आयोगले छानविन गर्ने लगायतका आफना काम थालनी गरिसकेको अवस्था छ । विगतको सम्झौता, प्रचलित कानुन तथा राजनैतिक सहमति समेतका आधारमा द्वन्दकालीन मुद्दाहरु फिर्ता गर्ने र द्वन्दकालीन घटनाहरुको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्ने तथा मेलमिलापको वातावरण तयार गर्ने राज्यको प्रतिवद्धता हो । राज्यकै उक्त घोषित प्रतिवद्धता विपरितको उक्त कार्य विल्कुल अमान्य छ । द्वन्दकालीन मुद्दाका आधारमा कसैलाई पनि गिरफ्तार गर्ने वा मुद्दा चलाउने वा कुनै पनि प्रकारका हर्कत गर्ने कार्यले शान्ति प्रकृया तार्किक निष्कर्षमा पनि पुग्दैन र समाजमा दिगो शान्ति पनि कायम हुन सक्दैन । तसर्थ गिरफ्तार गरिएका नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा जिल्ला संयोजक अनिल साहलाई तुरून्त रिहा गर्न जोडदार माग गर्दछौ ।

 

खिमलाल देवकोटा

प्रवक्ता